विप्लव समूहलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने सरकारी रणनीति

 

काठमाडौं /सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ ।
सरकारले फागुन २८ गते विप्लव समूहलाएै प्रतिबन्ध लगाइसकेको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ ।
सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोसिस गरिरहेका छन् । तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।