एसइई परीक्षामा चितवनबाट मात्र ११ हजार बढी परीक्षार्थी सहभागी हुँदै


चितवन, चैत १०/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबार बिहान ८ बजेबाट शुरु हुने जिल्ला शिक्षा समन्वय इकाइ चितवनले जानकारी दिएको छ ।
परिक्षमा चितवनमा कुल ११ हजार बढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षा शाखाका नायव सुब्बा रघुनाथ अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा चितवनबाट कूल ११ हजार २५४ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आजबाट सुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये सामुदायिक विद्यालयतर्फ दुई हजार ५५७ छात्र र तीन हजार १४८ छात्रा रहेका रहेका छन्सं भने सँस्थागत विद्यालयतर्फ पाँच हजार ५०२ छात्र र पाँच हजार ५०५ छात्रा रहेका छन् । त्यस्तै, नयाँ ग्रेड वृद्धिका लागि १९ केटा र ३५ केटी, पुरानो ग्रेड वृद्धिमा १२ केटा र २९ केटी र प्राविधिक तर्फ ७८ केटा र ७४ केटीले यस वर्षको एसईई परीक्षा दिँदैछन् ।े

यो वर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरिएकोले परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षालाई मर्यादिन र व्यवस्थित बनाउन जिल्लाभर सीडीओ, प्रहरी प्रमुखसहितको अनुगमन टोली खटाइएको नायव सुब्बा अधिकारीले जानकारी दिए ।