बिद्रोही नेकपाको न्यायिक निकाय सक्रिय : बिबादीत ब्यापारी सुमार्गीको २५ रोपनि जग्गा कब्जा

पोखरा,चैत ९ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्नो न्यायिक निकायलाई सक्रिय बनाएको छ । विप्लव नेतृत्वको बिद्रोही नेकपाले पोखरा महानगरपालिका शिशुवामा सत्ताधारी नेकपा निकट बिबादीत ब्यापारी अजयराज सुमार्गी(पराजुली)को नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरेको हो।
सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा।लि ले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं।२९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा ने।क।पा।ले कब्जा गरेको हो ।
उक्त जग्गा पोखरा महानगरपालिका वडा नं। १२ निवासी बद्री प्रसाद आचार्य सँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गीले किर्तेगरी आफ्नो नाममा गरेको नेकपा कास्कीले बताएको छ ।
सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रा।लि ले विना खवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउदा जग्गा विवादित बनेको हो । पिडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आवश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।
विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी,लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागि नहु्न नेकपा कास्कीले आम जनसमुदायमा अनुरोध समेत गरेको छ ।

यस अघि पर्यटकीय नगरी पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको थियो ।
न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णु प्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण थापाले कास्की जिल्ला जनसरकारमा उजुरी दिएका थिए। थापाले यसबारे सरकारी अदालतमा कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए ।