लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

काठमाडौँ/आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ ।
लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण ९सेज० को प्रस्ताव तयार गरेको हो । 
देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव गरिएको छ । यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।