सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको तत्काल कुनै नीति छैन :सुर्दशन

दोहोरो गोली हानाहान प्रहरीको बकवास मात्र :नेकपा बिप्लब

चितवन , ७ चैत्र/विप्लव नेतृत्वको नेकपाले काभ्रेमा दोहोरो फाईरिङ गरेको प्रहरीको दावी बकवास भएको टिप्पणी गरेको छ । बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले एक विज्ञप्ति जारी गरी काभ्रे गोलीकाण्डबारे प्रहरीको भनाई झुटो भएको दावी गरेको हो । प्रहरीले यस अघि चैत ५ गते काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहान भएको बताएको थियो । त्यसको ठिक २ दिन पछि नेकपाले विज्ञप्ती जारी गरी आधाकारीक धारणा सार्वजनिक गर्दै प्रहरीको दावी बकवास भएको टिप्पणी गरेको हो ।

सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको जारी विज्ञप्तीमा आरोप लगाइएको छ । विज्ञप्तीमा झुटो वकवासले जनयुद्धताका लगाएको संकटकालको झल्को दिएको उल्लेख गरेको छ । तत्कानै प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको नीति नरहेको तर दमन जारी राखे जनप्रतिरोधका लागी तयार रहेको चेतावनी दिईएको छ ।