नेपालमा वार्षिक करिब सवा तीन लाख छोरीको जीवन गर्भमै सीमित

 

काठमाडौं/छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् ।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा० का निर्देशक आनन्द तामाङले भने । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो ।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन् । तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन् । ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ ।

स्त्री तथा प्रसूति विशेषज्ञ डा। हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन् । ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा। तुलाधरले भनिन् । यो समाचार अन्नपूर्णमा छ ।