स्वार्थका रोटी सेक्ने दिन गए : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आएका सीके राउतको प्रशंसा गरेका छन् । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि उनले राउतको राजनीतिक यात्रा प्रारम्भसँगै तराईमा स्वार्थको रोटी सेक्न चाहनेहरूको दिन पनि सकिएको बताए ।
त्यही क्रममा उनले राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोप्रति कटाक्ष पनि गरे ।
‘देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सम्झौता हुन सक्दैन,’ उनले भने, ‘देश टुक्र्याउने कुरा आजबाट समाप्त भयो । रोटी सेक्ने चाहनेहरूको रोटी पनि काँचै रहे ।’

ओलीले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग तुलना गरे । ‘हतियार त्यागेर संसद्, सरकार, चुनावमा सहभागिता अनि पार्टी एकताको निर्णय गर्ने कुरा सानो मुटुले हुन्न । त्यस्तो असाधारण निर्णय क्षमता एउटा पुष्पकमल दाहालमा देखें,’ ओलीले भने, ‘सीके राउतजीमा पनि त्यस्तै छाँटकाँट देखें ।’

ओलीले राजपाप्रति खुलेरै असन्तुष्टि प्रकट गरे । टीकापुर घटनाका मुख्य योजनाकार सांसद रेशम चौधरीलाई अदालतले बुधबार जन्मकैद सुनाएलगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । यो प्रसंगलाई ओलीले ‘खिसियानी बिल्ली, खंभा नोचे सोधे’ भन्ने हिन्दी उखान सुनाउँदै कटाक्ष गरे । ‘अदालतले फैसला गर्ने अनि चिथोर्ने सरकारलाई रु’ प्रधानमन्त्रीले भने, ‘पृथकतावादीलाई छोड्ने, हामीलाई थुन्ने भन्नुहुन्थ्यो उहाँहरू, त्यो पनि खिस्रिक्क भयो । देश टुक्र्याउने कुरा पनि सकियो ।’

मधेसमा ६ वर्षदेखि पृथकतावादी आन्दोलन थालेका राउतले पनि प्रधानमन्त्रीको सकारात्मक पहलका कारण आफू राजनीतिक मूलधारमा आएको उल्लेख गर्दै ओलीको प्रशंसा गरेका थिए । उनले आन्दोलनलाई शान्तिपूर्ण मार्गमा अवतरण गराउँदा खुसी लागेको बताए । स्वतन्त्र मधेसको माग राखेर आन्दोलन अघि बढाउँदा यसको अवतरण कसरी होला भन्नेमा आफू जहिल्यै चिन्तित हुने गरेको राउतको भनाइ थियो ।

उनले कार्यक्रममा शान्तिपूर्ण मार्ग, लोकतान्त्रिक विधि र प्रक्रियाको चर्चा गरेका थिए । ‘यो आन्दोलन नियन्त्रणबाहिर गएर भयावह स्थिति आउला कि भन्नेमा राज्य र हामीलाई नै चिन्तित बनाएको थियो,’ उनले थपे, ‘तर, आज बडो सुरक्षित र शान्तिपूर्ण रूपमा अवतरण हुँदै छ । यो सबै जनताका लागि खुसीको कुरा हो, ऐतिहासिक घटना हो ।’ राज्यपक्षको संयमकै कारण आन्दोलनले नकारात्मक मोड नलिएको भनाइ पनि उनको थियो । त्यसका लागि प्रधानमन्त्री ओलीदेखि तत्कालीन प्रधानमन्त्री दाहाल, स्वर्गीय सुशील कोइराला, बाबुराम भट्टराई र शेरबहादुर देउवालाई धन्यवाद दिए ।

राउतले पटकपटक नेपालीलाई बुद्धको सन्तान भन्दै शान्तिमार्गको वकालत गरेका थिए । हिंसात्मक आन्दोलन सुरु गर्न सहज भए पनि अवतरण कठिन हुने भन्दै राउतले यस्ता गतिविधिमा लागेर समय खेर नफाल्न सुझाए । ‘हामीले आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहे जस्तो परिवर्तन पनि गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा अभिमत प्रकट गर्न सकिन्छ ।’

उनले पाँच महिनाको जेल जीवनले आफूलाई स्वतन्त्रता कति महत्त्वपूर्ण हुन्छ भन्ने थाहा भएको बताए । ‘१४ वर्ष जेलजीवन बिताएका प्रधानमन्त्रीका सामुन्ने जेलको अनुभव सुनाउनु सूर्यको अघि दियो बालेजस्तै हो,’ राउतले भने, ‘तर जेल एउटा महाविद्यालय नै रहेछ । त्यहाँ गएर धेरै सिक्न पाएँ । स्वतन्त्रता कस्तो हुँदो रहेछ भन्नेबारे जेलमै बस्दा थाहा पाएँ ।’

विप्लव समूह लुटेरा’
प्रधानमन्क्री ओलीले नेत्रवित्रम चन्द ९विप्लव० नेतृत्वको नेकपालाई नेकपा भन्नुपर्दा बेइज्जत भएको भन्दै लुटेरा समूह नाम राख्न सुझाएका छन् । आफ्नो पार्टी पनि नेकपा भएकाले विप्लव समूहलाई त्यही नाम भन्नुपर्दा लाज हुने गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘लुट्नकै लागि नेकपाको बर्को नओढ, नेकपा भन्न लाज हुन्छ, नेकपा हुँदा पनि होइन,’ ओलीले भने, ‘चन्दाका नाममा मान्छेको हत्या गर्ने रु लुटेर हिँड्ने रु विस्फोट गराउने रु अनि कम्युनिस्ट पार्टीको नाम लिने रु कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर ।’आजको कान्तिपुरबाट