एकीकृत जनक्रान्तिलाई असफल पार्ने खेल, प्रकाण्डमाथि अर्को षडयन्त्र !


काठमाडौं, । सरकार नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्य दिशालाई असफल बनाउने खेलमा लागेको छ । यसै क्रममा उसले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि धरपकड गर्ने , गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिदै आएको छ भने उक्त पार्टीका महासचिब विप्लब र प्रवक्ता प्रकाण्डमाथि बिभिन्न झुठा आरोपहरु लगाउदै मुद्दा दायर भएको बुझिएको छ । यसै क्रममा ने क पा का प्रवक्तालाई वदनाम गर्न र पुन झुटो मुद्दामा फसाउन सरकारले सम्पूर्ण संयन्त्र प्रयोग गर्न थालेको छ । यतिबेला प्रवक्ता प्रकाण्डलाई फसाउन सरकारले पत्राकार आवरणका दलाल र सिआईडी प्रयोग गरिरहेको पाइएको छ । सरकार यसरी प्रकाण्डको पछाडी हात धोएर लाग्नुको कारण यस्तो रहेको छ स् प्रकाण्ड अर्थात खडगबहादुर विश्वकर्मा नेपालको इतिहासमा सनसनी र गौरवशाली क्रान्ति दस वर्षे जनयुद्धका क्रान्तिकारी एवं अथक योद्धको नाम हो । जुन संघर्षबाट अढाई सय वर्षदेखि नेपाली समाजमा सामन्ती सत्ताको रुपमा जरा गाडेर बसेको राजतन्त्रको अवसान गरियो । २०५२ साल फागुन १ बाट औपचारिक रुपमा शुरु भएको जनयुद्ध दस वर्ष चल्यो । जसले नेपालमा राज्यसत्ताको ढाँचा कस्तो हुने रु भन्ने तरंग पैदा गराउन सफल पनि भयो । तर २०६३ मा पुग्दा शान्तिप्रक्रिया नामक बाटोबाट तत्कालीन जनयुद्धका नेतृत्व प्रचण्ड जनयुद्धमा अस्वीकार गरिएको संसदीय शासन प्रणालीमै फर्किएपछि देश र जनताको पूर्ण मुक्तिको क्रान्ति बिच बाटोमै अलपत्र हुन पुग्यो र परिवर्तनकामी नागरिक निराश भए । त्यही परिवेशमा जनयुद्धकै ईमान्दार राष्ट्रवादी पंक्ति युवा नेता विप्लवको नेतृत्वमा गोलबन्द हुँदै अलपत्र छाडिएको नेपाली क्रान्तिको झण्डा उठाउन शुरु गर्यो । त्यो अहिले नेपाल कम्युनिस्ट पार्टी ९ने।क।पा०को नेतृत्वमा २०७३ फागुनदेखि घोषितरुपमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशाका साथ देशमा परिवर्तनको क्रान्ति जारी राखेको छ ।
यसबिचमा ने।क।पा।ले प्रचण्डहरुले आयोजना गरेका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई सशक्त बहिष्कार गर्दै ‘जनताको सत्ता जनपरिषद्’ समेत गठन गरेर संचालनमा ल्याएको छ । राजनीतिक दस्तावेजमा उसले ‘जनअदालत र जनमुक्ति सेना’को व्यवस्था प्रष्टसँग गरिएको छ । प्रकाण्ड त्यही ने।क।पा।का प्रभावशाली नेता हुन् । उनी अहिले पार्टी पाँच सदस्यीय स्थायी समिति सदस्यमध्येका एक हुन् भने पार्टी प्रवक्ता पनि उनै छन् । साथै आर्थिक विभागप्रमुखको जिम्मेवारी पनि दिइएको छ ।
सोही कारण गत साउन २२ गते काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट सीआईबीको टोलीले प्रकाण्डलाई गिरफ्तार गर्यो । उनलाई मुख्यगरी त्यसबेला ‘चन्दा’को अभियोग लगाइयो । तर सर्वोच्च अदालतले उनलाई निर्दोष सावित गर्दै रिहा गर्न आदेश दियो । त्यसबाहेक पनि सरकारले ‘चन्दा’ संकलन गरेर नीजि सम्पत्ति जोडेको भन्ने कथित आरोप लगाएर सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन प्रहरीलाई ईसारा नदिएको कहाँ हो र रु त्यसमा सरकार असफल भयो । तर अन्यत्र मुद्दा भएको देखाउँदै काभ्रे, नुवाकोट, भोजपुर, दाङ, संखुवासभा र उदयपुर जिल्ला घुमाउँदै ५० दिन प्रहरी हिरासतमा राख्ने काम गर्यो । उनलाई सबैतिरको अभियोगमा प्रमाण नपुगेको भन्दै सर्वोच्चले निर्दोष रहेको फैसला गरिदियो । अन्ततः रिहा गर्न ओली सरकार बाध्य भयो ।
शुरुमा लगाइएको ‘चन्दा’ अभियोगका क्रममा प्रवक्ता प्रकाण्डलाई सम्पत्तिको शुद्धिकरण मुद्दा चलाउन नखाजेको होइन सरकारले तर त्यसमा पनि प्रमाण भेटाउन नसकेपछि सरकार पछि हट्यो र विभिन्न मुद्दामा काठमाडौंबाट अन्यत्रै जिल्लाहरुमा घुमाउन थाले । अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा प्रकाण्डले आफू जनयुद्धका सहिद परिवार सदस्य भएको र आवश्यक परे देशको स्वाधीनता र जनताको पूर्ण अधिकारको लागि बलिदान दिन तयार भएर क्रान्तिमा लामवद्ध भएको प्रतिक्रिया संचारकर्मीलाई दिए । जनयुद्धका बेला पनि प्रचण्डहरुले आर्थिक सहयोग र जनताकै खाएर बाँचेका कसैबाट छिपेको छैन । आफूहरु क्रान्तिकारी पार्टीको सिपाही भएकाले जनताबाट प्राप्त आर्थिक सहयोगलाई सहर्ष स्वीकार गरेको र त्यसलाई राज्यले गलत व्याख्या गरेर फसाउन खोजेको जवाफ अदालत परिसरमै उनले सटिकरुपमा दिए । त्यसबाट विरोधीहरुको मुखमा बुझो लाग्न पुयो ।
स्मरण रहोस् जनयुद्धकै बेला माओवादीले आर्थिक संकट टार्न भन्दै देशभर सरकारी स्वामित्वको बैंक र शाखाहरुमाथि आक्रमण गरी नगद र जिन्सी कब्जा गर्ने काम भए । त्यसबेला राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकलाई मुख्य टार्गेट बनाइयो ।
आज एक क्रान्तिकारी पार्टीका जिम्मेवारी नेताको भूमिकामा रहेका नेता प्रकाण्डमाथि ‘अकुत सम्पत्ति’ राखेको प्रायोजित सूचनाको भरमा राज्यले फेरि अभियोग लगाउने प्रपञ्च रचेको देखिन्छ । प्रकाण्ड जनयुद्धका सहिद परिवार सदस्य हुन् । बाबु पहलबहादुर र आमा भारतीका तीन छोरा र दुई छोरी सन्तानमध्ये प्रकाण्ड जेठा हुन् । माइला भाई सिंहबहादुर विक ‘कोपिला’ २०६० को म्याग्दी आक्रमणमा सहिद भएका थिए भने कान्छा भाई अमरबहादुर विक ०५६ सालमा कालिकोटमा सहिद भए । बहिनी गोरीकला ‘मानुषी’को २०७० सालमै मृत्यु भइसकेको छ । आमाको केही वर्षअघि निधन भइसकेको छ । श्रीमती कलशा विक र माइली बुहारी पार्टीमै महत्वपूर्ण जिम्मेवारी लिएर काम गरिरहेकी छिन् ।
अहिले घरमा बुबा र बहिनी मात्र बस्छन् । किसानी पेशाबाटै दैनिक गुजरा गर्दछन् । जनयुद्धकालमै उनले आफूले घरबाट पाएका सम्पत्ति पार्टीकरण गरेका थिए । शान्तिप्रक्रियापछि गठित गिरिजा कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका नेता प्रकाण्डले कहिल्यै व्यक्तिगत स्वार्थमा लागेनन् । सम्पत्तिको लोभ पनि उनमा पलाएन । त्यसपछि पनि उनी दुईपटक मन्त्री भए । जनताकै पक्षमा काम गरे । बरु जनयुद्धका बेला सरकारी फौजबाट बचाउन कालिकोटवासीले घरभित्रै लौका र चिचिण्डोमा पिसाब फेराएर जोगाएका प्रचण्डहरु संसदीय व्यवस्थामा छिरेर सम्पत्ति थुपारेर अवसरवादी बनेको तर प्रकाण्ड सर्वहारा जनताकै माझ्मा रहेर क्रान्ति र वर्गको पक्षमा अडिग रहेको नजिकबाट चिन्ने धनराज विक बताउँछन् ।
जनयुद्धकालमा छिमेकीको १२ घरसहित उनको दुई वटा घरमा तत्कालीन शाही सेनाले २०५८ सालमै आगो लगाएर खरानी पारे । अहिले पनि बाबु र बहिनी जन्मथलो मालकोटको सल्लारुखस्थित गोठमा बस्दै आइरहेका छन् । नीजि सम्पत्तिको नाममा प्रकाण्डको केही छैन । त्यो कुरा स्थानीय धनराज विकले यसअघि नै एक आलेखमार्फत प्रष्ट पारेका छन् । अहिले पनि त्यो कुरा उनी दोहोर्याउँछन् । प्रकाण्डले आफू मन्त्री रहेको अवस्थामा पनि बाबुआमालाई कहिल्यै काठमाडौं राखेनन् । देश र जनताको समृद्धि नभएसम्म व्यक्तिगत सुख सुविधाले केही नहुने भन्दै बाबुआमा त्यही झुपडीमा फर्किए । आमा भारती त्यही घरमा बितिन् । हुन पनि नेकपाले भन्दै आएजस्तै देशको समृद्धिको सपना भ्रष्टाचार र दलालीले छोपिन पुग्यो ।
जनयुद्धका तिनै क्रान्तिकारी होनाहार नेतालाई वर्तमान गणतन्त्रवादी कम्युनिस्ट सरकारले हैरानी दिन छाडेको छैन । अहिले प्रकाण्डमाथि ऊबेलै झुठा सावित भइसकेका सम्पत्ति शुद्धिकरणको अभियोग लगाउने तयारी गरिरहेको बुझिएको छ । मन्त्री हुँदाका बखतभन्दा अहिले उनले बढी ‘सम्पत्ति जोडेको’ र त्यसको ‘स्रोत नखुलेको’ अफवाह फैलाइएको छ । त्यसमा ने।क।पा। र तिनका नेतृत्वविरुद्ध निरन्तर खोइरो खन्ने मुठ्ठीभर संचारकर्मी प्रयोग भइरहेको सूचना पार्टीमा आइरहेको ने।क।पा।का एक नेताले बताए । उनीमाथि मुख्यगरी पार्टीले चलाइरहेको आर्थिक कारोबार विषयलाई लिएर बाम्बार प्रहार गर्ने र बद्नाम गराएर चरित्र हत्या गराउने कलुषित मनोभावनाबाट विरोधीहरुले दुष्प्रचार गराइरहेको पार्टीको बुझाई रहेको ती नेताको भनाई छ । त्यसबारे खोजबिन भइरहेको पनि उनले बताए । प्रकाण्ड पार्टीको आर्थिक विभाग प्रमुख समेत हुन् । सिंगो पार्टी जीवन चलाउन त्यसमा पनि समानान्तर सत्ताको अभ्यास गरिरहेको पार्टीमा ठूलो मात्रामा आर्थिक कारोबार हुनुलाई अन्यथा मान्न नहुने उनी बताउँछन् ।
‘जति आर्थिक स्रोत छन् ती सबै पार्टीका हुन् । व्यक्ति त आवश्यकता अनुसार परिवर्तन भइरहन्छन्’ एक केन्द्रीय नेताले भने ‘त्यही विषयलाई ईस्यू बनाएर सम्पत्ति जोडेको भनेर लाञ्छना लगाउनु गम्भीर षडयन्त्र हो । यसमा पार्टी सेचत छ ।’ पार्टीको लोकप्रियता र आवश्यकता मुलुकमा अनिवार्य बन्दै गएपछि त्यसबाट आत्तिएर विरोधी तत्वहरुले पार्टी र पार्टीका जिम्मेवार तहमा रहेका नेताहरुमाथि हिलो छ्याप्ने र क्रान्तिलाई कमजोर पार्ने षडयन्त्र भइरहेकोले सिंगो पार्टी पंक्ति सजगका साथ अघि बढिरहेको उनले बताए । दुष्मन चलाउने गलत प्रचार र भ्रामक हल्लाको पछाडि नलागी तोकिएको जिम्मेवारी पूरा गर्दै जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्नेतर्फ केन्द्रित हुन समेत उनले सबैसँग अपिल गरे ।