चितवनमा घरेलु हिंसाका घटनाहरु बढ्दै ।

 


चितवन , २४ फागुन । चितवनमा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । प्रहरीको महिला ईकाईका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ सय १५ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षमा २ सय २९ वटा निवेदन घरेलु हिंसाका उजुरी परेको छ ।
जिल्लामा आएका घरेलु हिंसाका मुद्धाहरु मध्ये सबै भन्दा धेरै श्रीमानश्रीमतीको रहेको छ । श्रीमानश्रीमतीका कारण घरेलु हिंसा भएका १ सय ४९ वटा मुद्धा परेको कार्यालयका प्रबक्ता डिएसपी दुर्गा राज रेग्मीले जनाकारी दिए । रेग्मीका अनुसार कुटपिटका मुद्धा ३५ , श्रीमानले श्रीमतीलाई वेवास्ता गरेको ३२ वटा मुद्धाहरु रहेको छ ।

त्यस्तै, टेलिफोन मार्फत अश्लिल गाली गर्ने, शारिरीक मानसीक यातना दिने, कुटपिट गर्ने तथा बालबच्चाको वेवास्ता गर्ने, आर्थिक यातना लगायतका बिषयमा समेत कार्यालयमा उजुरी पर्ने गरेको छ । कार्यालयमा चालु आर्थिक वर्षको अहिले सम्म ८ सय ८३ निवेदन दर्ता भएको छ । अघिल्लो आर्थिक बर्षमा ९ सय ३४ निवेदन दर्ता भएका थिए। जस मध्ये मानिस हराएको, घरेलु हिंसा र अन्य रहेका छन्।