भरतपुर महानगरमा प्रमुख उपप्रमुख बिचको बिवाद सडकमै छताछुल्ल !

भतिजीलाई जागिर नदिएको झोँकमा उपप्रमुख शाहले तमासा गरेको प्रमुख दाहालको आरोप !


चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र उपप्रमुख पार्बती शाह बिचको बिवाद क्रमश ः सडकमै छताछुल्ल हुँदै गएको छ । महानगर प्रमुख रेणु दाहालले ब्यापक अनियमितता र भ्रष्ट्रचार गरेको आरोप लगाउदै चितवन र काठमाण्डौमा समेत पत्रकार सम्मेलन गरेकी उपप्रमुख शाह अन्तत् ः आफै नातागोतालाई जागीर नलगाईदिएको र घरभाडा नपाएको झोकमा बिरोधमा उत्रिएको खुलासा भएसँगै उनको असलिएत सार्बजनिक भएको हो । गत् बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमै भतिजीलाई जागिर नदिएको झोँकमा उपप्रमुख शाहले तमासा गरेको महानगर प्रमुख रेणु दाहालले खुलासा गरेकी हुन् । महानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर दाहालले यस्तो बताएकी हुन् । ‘यस भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले काठमाडौंमा पत्रकार सम्मेलन गरी समग्र भरतपुर महानगरपालिका र त्यसको प्रमुख ममाथि कपोलकल्पित आरोप लगाउनु भएको घटनाले मलाई दुःखी बनाएको छ’ महानगर प्रमुख दाहालले भनिन्, ‘उहाँले भनेजस्तो के के कुरामा अनियमितता भएका हुन् ? तथ्य परक ढंगले प्रमाणित गर्न म चुनौती दिन्छु । उहाँले लगाएका सबै आरोप फगत आरोपका लागि मात्र आरोप हुन् । म उहाँलाई आरोपका लागि आरोप लगाएर समय फाल्नुभन्दा महानगरको समृद्धि र विकासका लागि काम गर्न अनुरोध गर्दछु ।’ दाहालले भनिन् । दाहालले अगाडी भनिन, ‘महानगरका कर्मचारी प्रमुख वा उपप्रमुखका निजी कर्मचारी होइनन् । नेपाल सरकारका कर्मचारी हुन् । उनीहरु आ आफ्नो जिम्मेवारीमा खटिएका छन’ । ‘म भरतपुर महानगरको प्रमुख भएर आइसकेपछि मैले कुनै पनि कर्मचारीलाई भेदभाव गरेको छैन । म उपप्रमुलाई चुनौतीका साथ भन्न चाहन्छु, तपाइँले सक्नुहुन्छ भने एक जनामात्र कर्मचारी मेरो अगाडि उभ्याइदिनुहोस जसलाई मैले विभेद गरेको होस् ।’ स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी आवश्यक समितिहरु गठन गरिएको प्रमुख दाहालले बताईन् । ‘मलाई महानगरमा कुनै राजनीति गर्नु छैन । म राजनीति गर्नको लागि आएको पनि होइन’ उनले भनिन, ‘मेरो एकमात्र उद्देश्य भनेको भरतपुर महानगरको वृहत्तर विकास गरी समृद्ध महानगर बनाउनु मात्र हो । सबै पक्षसँग सहमति र सहकार्यमा अगाडि बढ्नु पर्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।
दाहालले अगाडी भनिन्, ‘उपप्रमुखलाई पदीय मर्यादा कायम गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न मैले आवश्यक समन्वय गरिरहेकै छु’, ‘यति गर्दागर्दै पनि उहाँ झिनामसिना कुराहरु, व्यक्तिगत लाभहानिका कुराहरु गर्दै हिँड्ने, कार्यपालिका बैठक बहिष्कार गर्ने, पदीय जिम्मेवारीभन्दा बाहिर गएर महानगरकै विरुद्धमा कपोलकल्पित र भ्रमपूर्ण विषयहरु उठाएर पत्रकार सम्मेलन गर्दै हिँड्ने उहाँको व्यवहारले मलाई आजित तुल्याएको छ ।’
उपप्रमुख ठकुरीलाई प्रश्न गर्दै प्रमुख दाहालले भनिन, ‘के यसरी समस्याको समाधान हुन्छ ? के हामीले लिएको लक्ष्य यसरी हासिल गर्न सकिन्छ ?संवाद र छलफलबाट हरेक समस्याको समाधान गर्न सकिने बताउँदै प्रमुख दाहालले भनिन, ‘समस्याहरु समाधानसहित आएका हुन्छन् । मैले उहाँलाई तमाम समस्याको समाधान गर्न आउनुहोस् छलफल गरौं भनेर पटकपटक भनेकी छु । यसको उल्टो उहाँ बैठकमा नबस्ने, बहिस्कार गर्दै हिड्ने, बाहिर अनर्गल हल्ला गर्दै हिँड्ने गरिरहनु भएको छ । के यो समस्याको समाधान हो ?’ सामाजिक सञ्जालमार्फत् आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उपप्रमुख ठकुरीले पत्रकारसामु उठाएको विषयबारे महानगर प्रमुख दाहालले भनिन, ‘उपप्रमुखलाई सामाजिक सञ्जालमार्फत् धम्की आएको कुरा सुनेपछि मैले जिल्लाका सुरक्षा प्रमुखहरु, सरोकारवालाहरुलाई यो गम्भीर विषयको तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थिएँ । त्यसपछि उपप्रमुखलाई धम्की दिने व्यक्ति समातिए । उपप्रमुखकै रोहवरमा जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात दोषीलाई एकपटकको लागि माफी दिने उहाँ आफैले सहमति जनाएपछि विषय टुंगिएको छ । यसरी सहमतिमा टुंगिइसकेको विषयलाई उहाँले खेती गर्दै हिँडिरहनु भएको छ । यही हो उहाँको नैतिकता ?’
असमझदारीका विषयहरुलाई एकै ठाउँमा बसेर आपसी छलफलबाट समझदारी कायम गर्न सकिने बताउँदै महानगर प्रमुख दाहालले भनिन, ‘म उहाँलाई पुनः आह्वान गर्छु, तपाइँले लगाएका सारा आरोपहरु तथ्यपरक ढंगले प्रमाणित गरेर देखाउनु होस् । होइन भने समस्याहरुको समाधान खोज्ने कार्यपालिका बैठक बहिष्कार गर्ने अनि बाहिरबाहिरै अनर्गल प्रचार गर्ने तरिका कुनै पनि हिसाबले ठीक हुन सक्दैन । घरभित्रको समस्या सडकमा फलाकेर तमासा गर्दा समग्र महानगरकै बदनामी भइरहेको छ ।’
यता महानगरपालिकाकी उपमेयर पार्वती शाहले मेयर रेणुले लेखा समिति गठन नगरी आर्थिक अनियमितता गरेको आरोप लगाएकी छन््।
गत् मंगलबार नेपाल प्रेस युनियनको कार्यालय, थापागाउँमा पत्रकार सम्मेलन गरी उपमेयर शाहले मेयर दाहालले महत्वपूर्ण समिति एकलौटी ढंगले गठन गरेको, विचार र आस्थाका आधारमा कर्मचारीलाई समेत दुःख दिने र धम्की दिने गरेको पनि बताएकी थिईन् ।
उनले आफूलाई भूमिका बिहीन बनाएको पनि आरोप लगाइन्। ‘उनले घरभाडा लिएको भनी मिडियामा अतिरन्जना फैलाउने काम पनि मेयर रेणुले गरेको आरोप लगाइन्।
यसरी जनताको हितको निम्ती समाजसेवाको मुखुण्डो लगाएर राजनितीको कमाउ धन्दामा सामेल राजनितीज्ञहरुले के जनताको हित र बिकास गर्लान भरतपुरका आम सर्बसाधरणले अहिले चोक चोकमा प्रश्न गरिरहेका छन् । महानगरको बिबाद त्यो पनि भागबण्डा, लुछाचुडी र कस्ले धेरै लुटने, कस्को मान्छे धेरै भर्ति गर्ने भन्ने स्वार्थपूर्ण खेलले आम मतदाताहरु निराश बन्दै गएका छन् । स्थानिय सरकारको रुपमा रहेको महानगरभित्र अनगिन्तीसम्भावना रहेपनि महानगरभित्रको बिबादले कार्यपालिका बैठक रोकिदा कता बिकास नै अबरुद्ध हुने त् होईन भन्ने महानगरबासीको चिन्ता छ । यस बिषयमा प्रमुख उपप्रमुख बिच आरोप प्रत्यारोप र बिबाद गर्नु भन्दापनि सहकार्य गरेर अगाडी बढ्नुपर्ने देखिन्छ । यसरी एकपछी अर्को बिबाद बढ्नु राम्रो होईन् । महानगरका सत्ताधारीहरुलाई बेलैमा सुध्रिन हामी जनताको तर्फबाट खबरदारी गर्दछांै । आजको भण्डाफोर अभियानबाट