नाटक र अन्तरक्रियाका विच मनाइयो सिविएपियु राष्ट्रिय दिवश

डि आर क्षेत्री , २१ फागुन /चितवन/ जलचर स् प्रकृति र मानव जिवनको आधार भन्ने मुल नारा दिइएको यस वर्षको चोरि सिकार नियन्त्रण युवा परिचालन राष्ट्रिय दिवश (२०७५ एक भव्य समारोहका विच चितवन राष्ट्रिय निकुञ्ज प्रधान कार्यालय कसरामा आज मनाईएको छ ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अन्तरगत रहेका उपभोक्ता समितिका अध्यक्ष र प्रतिनिधि , समुदायमा आधारित चोरि सिका नियन्त्रणमा युवा परिचालन उप समितिका अध्यक्ष र पदाधिकारिहरु , राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटेको बटुक दल गण का गणपति , राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमख राम कुमार अर्याल , डव्लु डव्लु एफ तराभु(परिधि कार्यक्रम सह प्रवन्धक कमल राज राई , जेड एल एस नेपाल का प्रतिनिधि , पुर्व प्रमख संरक्षण अधिकृत तथा संरक्षण विद रामपृत यादव , मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्ज का अध्यक्ष मधुकर मल्ल , चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल लगायत संरक्षणमा कार्य गरिरहेका उच्च पदस्त ब्यक्ति हरुको उपस्थिति थियो।
युवा संरक्षण कर्मि विकास पाठक द्वारा निर्देशित ञञ सके सपारौं , नसके नविगारौ झझ भन्ने नाटक समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । नाटकले युवा साथिहरुलाई वन , वन्यजन्तु र जैविक विविधता संरक्षणमा लाग्न अझ वढि प्रेरित गरेको थियो । लामो समय देखि संरक्षणमा लागिरहेका मृगकुञ्ज उपभोक्ता समिति अन्तरगतको सिविएपियु संयोजक डोमा पौडेलका अनुसार संरक्षणमा संवतस्फुर्त लागिरहेका युवा साथिहरुको दिगो जिविकोपार्जनका लागि संरक्षण अभियान्ताहरुलाई सुझाव दिनुभएको थियो । त्यस्तै नवलपरासिका युवा संरक्षण कर्मिहरुले निकुञ्ज कर्मचारि हरु , आर्मि र जनता विच त्रिपक्षिय सम्बन्ध आजिवन राख्नका लागि समन्वय हुन जरुरि रहेको बताए ।
कार्यक्रम लाई सम्वोधन गर्ने क्रममा काउन्सिल का सदस्यहरुले क्रमैसंग आ आफ्नो क्षेत्रमा भएका प्रगति र समस्याहरुका बारेमा वोलेका थिए । जैविक विविधता को संरक्षण र सम्वर्धनमा सदा लागिरहनुपर्ने अधिकांश वक्ताहरुले वताए ।

अन्तरक्रियामा उठान भएका सवालहरुको सहजिकरण प्रमुख संरक्षण अधिकृत ढकालले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपाल वहादुर घिमिरेले गर्नुभएको थियो ।