हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा,काठमाडौँ पठाउने तयारी

zj ;’s]6f/ ljdfg:yndf
tfKn]h’ªdf a’waf/ x]lnsK6/ b’3{6gfdf k/L d[To’ ePsfsf] zj g]kfnL ;]gfn] 36gf:ynaf6 ;’s]6f/ ljdfg:yndf Nofpg] qmddf . tl:a/M gf/fo0f 9’+ufgf, /f;;

 

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ । 

बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो । 

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अब केहिबेरमै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।