चिकित्सकको लापरबाहीले शिशुको मृत्यु

शव बुझ्न परिवारजनको अस्विकार ।

 

चितवन , १४ फागुन । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु हुने क्रम अझै रोकिएको छैनन् । मेडिकल सिटीको रूपमा अवधारणा बोकेको चितवनमा पछिल्लो पटक उपचारका लागी आउने बिरामी बाँच्ने हो की मर्ने हो त्यस्को कुनै लेखाजोखा हुँदैन । उपचारका लागी आउने बिरामी र आफन्त भगवान भरोसाको भरमा बस्नु बाहेक अरु कुनै बिकल्प छैनन् । 
 
चितवनको भरतपुर अस्पतालमा शिशु जन्मे लगतै मृत्यु भएपछि अस्पतालको लापरबाही पुनः छताछुल्ल भएको हो । गएको बिहीबार पेट दुखेपछि भरतपुर अस्पतालमा उपचारका लागी आएकी भरतपुर महानगरपालिका वर्डा नम्बर १३ चम्पानगरकी सरिता ओझाले शिशुलाई गुमाएकी छिन् । 
 
शिशुलाई गुमाए लगत्तै आक्रोशित भएका मृतकका आफन्तहरूले अस्पतालमा कार्यरत रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारणले बच्चाको मृत्यु भएको भन्दै आरोप लगाए । परिवारले सामान्य अवस्थामा रहेकी ओझालाई भ्याकुम लगाएर बच्चा निकाल्न खोज्दा बच्चाको मृत्यु भएको जनाएको छ । 
 
उनको परिवारकी सदस्य बिमला ओझाका अनुसार बच्चा सुरक्षित जन्मिन्छ बच्चालाई कपडा किनेर ल्याउनुस् भनेर स्वास्थ्यकर्मीले भनेकोमा पछि पुनः चिकित्सकहरुले बच्चाको मृत्यु भयो भन्यो, उनले भनिन् : शुरुमा सबै नर्मल छ भन्ने अस्पताल प्रशासनले पछि बच्चा जन्मिएपछि मरेको भन्नु चिकित्सकहरुले लापरबाही भएको बताइन् । यस विचमा स्वास्थ्यकर्मीहरुले अस्पतालका विभिन्न कागजमा हस्ताक्षर गर्न लगाएको र आफुहरुमाथि अभद्र व्यवहार गरेको आरोप समेत ओझाले लगाईन् । यता, चिकित्सकले भने शिशुको मृत्यु हुनुमा अस्पतालको  कुनै लापरबाही नभएको भन्दै पन्छिने गरेका छन् ।
 
यता, आईतबार र सोमबार स्थानीय प्रशासन, चिकित्सक र पीडित पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै सहमति हुन सकेको छैन । बच्चाको शव अस्पतालमा नै राखिएको छ । पडित पक्षले विरामीका परिवारलाई अभद्र व्यवहार गर्ने स्वास्थ्यकर्मीले माफी माग्नुपर्ने र अस्पतालले परिवारजनलाई उचित क्षतिपूर्ति नदिएसम्म बच्चाको शव नबुझ्ने बताएका छन् ।