दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या

पर्सा / दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो ।
छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द भएपछि उनी सुर्ताउन थालिन् ।
यसपटक भने सीमापारि भारतबाट केटा पक्ष आउन लागेका थिए । केटा पक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राति घरमा सुनाए । परिवारमा फेरि नियास्रो वातावरण छायो । केटा पक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । दुई दिनअघि लालसाकुमारी आफैसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरिन् ।

परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न् प्रहरीले स्थानीय चन्दावती खोलाबाट नियन्त्रणमा लियो । पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पु(याएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो । यो समाचार शंकर आर्चायले आजको कान्तिपुरमा लेखेका छन् ।