मौसममा फेरि गडबढ, बुधबारसम्म देशैभरि वर्षा हुने

 


काठमाडौँ – हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने भएकाले बुधबार देशैभरि हल्का र मध्यस्तरको वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानङ्गले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।