Breaking News

अप्सनको शैक्षिक कार्यक्रममा उत्प्रेरणा जगाउन सौनक भट्ट आउँदैं ।

आइतबार, १२ फागुन । चितवन । नारायणगढमा रहेको अप्सन एजुकेशन कन्सलटेन्सीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम आयोजना गर्दैछ ।
यही फागुन १५ गते बिहिबार नाराणगढको नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताए ।
कार्यक्रममा युवापुस्ता माझ ख्याती प्राप्त उत्प्रेरक सौनक भट्टले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने भएका छन् । कार्यक्रम विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने शाखा प्रमुख थापाले जानकारी दिए । यस कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासका लागि कोसेढुंगा सावित हुने उनको विश्वास छ । कार्यक्रममा पाँच सय जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ ।

sahid diwas