अमिताभ बच्चनद्वारा काश्मिर हमलामा मारिएका सैनिक परिवारलाई २ करोड २५ लाख दिने घोषणा

 


अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सैनिक जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् । अमिताभ यसका लागि सरकारी सहायत लिइरहेका छन् ।
घोषणा गरे २.२५ करोडको सहयोगः

अमिताभले कूल २ करोड २५ लाख भारुको सहयोग राशीको घोषणा गरेका छन् । यो राशी ४९ सैनिक जवानको परिवारलाई दिइनेछ ।

अमिताभका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई अमिताभले प्रत्येक शहिद परिवारलाई ५–५ लाख भारुको आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएका छन् । उनले यो सहयोगका लागि उचित प्रक्रियाको खोजी गरिरहेको पनि बताए ।