अपराधीबाट ६ महिनामै २ अर्ब ६९ करोड असुल

 

काठमाडौं /अपराधीबाट ६ महिना अवधिमै दुई अर्ब ६९ करोड असुल भई राज्यको सर्वसञ्चित कोषमा जम्मा भएको छ । यो अवस्थाले फैसला कार्यान्वयनमा आशा जगाएको छ । यतिबेला सर्वोच्च अदालतले घोषणा गरे अनुरुप फैसला कार्यान्वयन वर्ष चलिरहेको छ ।

निर्देशनालयका अनुसार विगत आर्थिक मसान्तपछिको ६ महिना र यस वर्षको ६ महिनाको अवधिबीच दोब्बर अन्तर देखिएको छ । अपराधीबाट जरिबाना र कैद पनि गत वर्षको तुलनामा दोब्बर असुल भएको छ । वर्षैँदेखिका फैसला कार्यान्वयनमा प्रगति देखिएपछि निर्देशनालयका अधिकारीले खुशीसमेत व्यक्त गरे ।

‘गत वर्ष भन्दा डबल प्रगति भएको छ । फैसला कार्यान्वयनले फड्को मारेको छ,’ निर्दशनालयका महानिर्देशक हरिराज कार्कीले भने, ‘यो रेकडै आर्थिक मसान्तमा ६ महिनाको हो । अहिलेलाई बाँकी ६ महिनामा झनै बढ्ने आशा गरौँ ।’ यो समाचार आजकोअन्नपूर्णमा प्रकाशित छ ।