अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

 

काठमाडौं/ तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन रु अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन ९कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु० पो गरेको छ कि रु त्यसो हो भने, सचेत हुनुहोस है ।

किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न दुरुत्साह गरेको आरोपमा तीन जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको छ । यसअघि आत्महत्याका घटनामा प्रहरीले शव पोस्टमार्टम गरी सम्बन्धित व्यक्तिका परिवारलाई बुझाउँदै आएको थियो । कमै मात्र घटनामा शंकास्पद रुपमा हेरेर अनुसन्धान गर्ने प्रहरीले अहिले भने आत्महत्या गर्ने व्यक्तिको परिवारबाट उजुरी आए विस्तृत छानबिन गर्न थालेको छ ।

आन्तरिक कलह र त्यसबाट उत्पन्न आवेश आत्महत्याको कारण भएको पछिल्लो प्रहरी अनुसन्धानहरुले देखाएका छन् । यो समाचार सुवास गोतामेले अन्नपूर्णमा लेखेका छन् ।