सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण ।

 चितवन , २७ माघ । सत्य सेवा संगठन नेपालले भरतपुर सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण गरेको छ । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमबीच जल मन्दिर हस्तान्तरण गरिएको हो । जल मन्दिरमा सनातन परम्पराअनुसार शिव लिङ्ग र शुद्ध पिउनेपानीको लागि पञ्चधारा निर्माण गरिएको छ । यस्तै संगठनले श्री सत्य साई बाटिका र सत्य साई प्रतीक्षालय पनि हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रम प्रदेशसभा सांसद् विजय सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा भरतपुर सरकारी अस्पतालका मेसु डा कृष्ण पौडेल र भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद् सुवेदी र संगठनका केन्द्रीय सदस्य रुपा सेढाईंको उपस्थितिमा संगठनका परियोजनाकार एवम् संयोजक मनीष सापकोटाले अस्पतालका मेसु डा। पौडेललाई जल मन्दिरको चाबी हस्तान्तरण गरेका हुन् ।