निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली

कसुरदारको स्केच तयार

 

निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ ।

केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणामनिकट पुगेको हो ।

पहिला मानसिक सन्तुलन ठीक नभएका दीलिपसिंह विष्टजस्ता व्यक्ति समातिए जस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको छ ।

प्रहरी अनुसन्धानअनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो, घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए । त्यही ठाँउमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ ।

डेढ महिनाअघि निर्मला बलात्कार भएको घटनास्थलभन्दा २० मीटर पर अर्को प्रयास भएको र यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवनी पीडित भएको पत्तो लागेको छ । प्रहरीसँग नाम र सम्पर्क नै छ, पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छेमात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उनले यस्तो गर्यो ।’ सम्म पनि भन्न सकेका छैनन् । प्रहरीले फेला पारेको छ – एक युवती १० पटकसम्म बढी त्यही पुरुषबाट पीडित भएकी छिन् । स्कुल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की एक बालिकालाई लखेटेका थिए । बालिका रुँदै घर पुगिन् । टोलका मान्छेले सोधखोज गरेर दुराचारीलाई लखेटे ।

गाउँलेले समाउन सकेनन् र आफैँ गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो । प्रहरीको आवतजावत बढेपछि ती पुरुषले ठाँउ फेरेर युवती र बालिकालाई झम्टिने अर्को थलो बनाए । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो । तीनपटकको दुव्र्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो ।

यसरी माघदेखि फागुन, बैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ । निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ ।

यिनै कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ । मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भएको केही महिना देशमै भए केहि दिनभित्र समातिने दावी छ । निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीेको अनुमान छ, ती व्यक्तिको हर्कत, आँट, ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा नेपालमै पनि हुनसक्छन् ।, यो खबर आजको जनआस्था साप्ताहिकमा खबर छ ।