राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं ।


चितवन , २२ माघ । आज राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं हुनुहुन्छ । नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज यहाँ आउन लाग्नुभएको हो । उहाँ दिउँसो एक बजे चितवन आउने कार्यक्रम छ ।त्यस अघि विहान ११ बजे तनहुँको देवघाटस्थित महेश संस्कृत आश्रमको आयोजनामा आजवाट शुरु हुने विराट ज्ञान महायज्ञमा सहभागी हुन काठमाण्डौ वाट देवघाट ओर्लनुहुने छ । काठमाण्डौवाट हेलिकप्टरमा आउनुहुने राष्ट्रपति भण्डारी देवघाटमा ११ बजे ल्याण्ड गर्नुहुनेछ । त्यस कार्यक्रमपछि दिउँसो १ बजे भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित दियालो वंगला स्थित सेनाको व्यारेकमा देवघाटवाट आउने राष्टपति सवार हेलिकप्टर ल्याण्ड हुनेछ । दिउँसो नारायणगढ पोखरावसपार्कमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी भएर राष्टपति भण्डारी आजै काठमाण्डौ फर्कनु हुने कार्यक्रम तालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।