सिद्धार्थ बैंकद्वारा आफ्नु नयाँ शाखा खैरहनीमा बिस्तार ।

प्रनिश थापा , चितवन , २० माघ । पूर्वी चितवनको खैरहनीमा सिद्धार्थ बैँक लिमिटेडले आइतबार आफ्नु नयाँ शाखा खोलेको छ । सबैलाई वैंकको पहुँचमा पुर्‍याउनु पर्छ भन्ने उद्देश्यले ग्राहकलाइ लक्षित गरि सेवा खोलिएको सिद्धार्थ बैँक नारायणगढका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । साथै, उनले केही समयमै चितवनको पदमपुरमा समेत शाखा विस्तार गर्ने तयारी रहेको जानकारी दिए । यता, खैरहनीमा नगरपालिकाका मेयर लालमणी चौधरीले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मेयर चौधरीले बैँकहरु नाफा मात्रै केन्द्रित भएकाले सामाजिक उत्तरदायित्वका साथै सेवामूलक बन्नुपर्ने बताए । सेवाग्राहीलाई ऋण प्रदान गर्दा लिइने व्याज र त्यसको २÷३ महिनामै विभिन्न कारण देखाइ व्याजदर बढाउने संस्कृति रहेको भन्दै मेयर चौधरीले त्यसतर्फ बैँकलाई सजग समेत गराए । नयाँ व्यवसायलाई स्थापित गराउने गरी लगानी गर्दा बैँकलाई पनि आत्मसन्तुष्टी मिल्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सम्झौता गर्दा फिक्स व्याज लिने भन्ने गरेता पनि २÷३ महिनामै व्याजदर बढाउने गरेकाले उद्योगी व्यवसायी मर्कामा पर्ने गरेको बताए । बैँकको देशभर १३७ वटा शाखा रहेका छन् । चितवनमा चौथो शाखाको रुपमा पर्सामा शाखाको उद्घाटन गरिएको हो ।