अस्तव्यस्त स्ववियु, शैक्षिक मुद्दा छाडेर ठेक्कापट्टामा विद्यार्थी नेता

 

काठमाडौं / त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन ९स्वयियु०को निर्वाचन हरेक दुई दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । ०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो। तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचज गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएको त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुने सकेन ।

बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो । तर, ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरुलाई पत्र पठाएको छ । तर, विद्यार्थी सगठनहरु भने निर्वाचनमा जाने नजाने विवादमा प्रवेश गरको छन् । यो समाचार आजको नयाँ पत्रिकामा छ।