प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने।

सुवास लामिछाने,माघ १८,माडी, चितवन 

प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय क्लब च्याम्पियनसिप पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न पहिलो खेलमा चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सेटमा नै पराजित गदै नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको हो ।सेमिफाईनलको पहिलो खेलमा चुलो क्लबलाई २५–२० ,२५–१९ र २५–१६ को सोझो सेटमा पराजित गदै पुलिस फाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोश्रो सेमिफाईनल खेलमा विभागिय टोली सशस्त्र प्रहरी वल (एपीएफ)लाई ३–० का सेटमा पराजित गदै त्रिभुवन आर्मीले फाईनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न दोश्रो खेलमा एपीएफलाई २७–२५,२६–२४ र २५–२३ को सोझो सेटमा पराजित गदै आर्मी विजयी भएको हो । माघ १६ गतेदेखी सञ्चालन भएको भलिवल प्रतियोगितामा ८ राष्ट्टिय भलिवल टिमको सहभागिता रहेको छ । यसैविच भोली तेश्रो स्थानका लागि सशस्त्र प्रहरी वल(एपीएफ) र चुलो भलिबल क्लव नारायणगढबिच विहान १०.०० वजे प्रतिस्पर्धा हुनेछ । यस्तै उपाधिका लागि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवविच दिनको १२.०० बजे प्रतिस्पर्धा चल्ने आयोजकले वताएको छ । भलिवलमा प्रथम स्थान हासिल गर्ने टोलीले नगद दुई लाख सहित आर्कषक ट्टफी प्राप्त गर्नेछ भने दोश्रो स्थान हासिल गर्नेले एक लाख र तृतिय स्थान हासिल गर्नेले ५० हजार प्राप्त गर्ने आयोजक युवा खेलकुद तथा सांस्कृतिक समिति माडीका अध्यक्ष हरि भुसालले जानकारी दिनुभयो ।