पश्चिम चितवनका अण्डा उत्पादक किसान आन्दोलित

शुक्रराज आचार्य/भरतपुर / १७ माघ /कुखुराको दाना उत्पादक कम्पनिहरुले दानाको मुल्य ह्वातै बढाए पछी किसानहरु मारमा परेका छन् ।
पश्चिम चितवनको पार्वतिपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहले दानाको मुल्य बढाए पछी आपति जनाएका हुन् ।
अण्डाको मुल्य घट्नु र दानाको मूल्य बढ्नुले कुखुरा पालक किसानहरुलाई धरासायी बनाउन खोजिएको भन्दै उनिहरुले सामूहिक रुपमा विरोध गरेका हुन् ।
साथै सो भेलाले दानाको मूल्य वूद्धिको विरोधमा मेघनाथ भटको संयोजकत्वमा नौ सदस्य संर्घस समिति गठन गरिएको छ ।
साथै आजको भेलाले पश्चिम चितवन अण्डा उत्पादन किसान संघ
गठन पनि गरेको छ ।
जसको अध्यक्षमा राज कुमार श्रेष्ट र सदस्यहरुमा गोविन्द शर्मा, नारायण चालिसे, अनिल भटराई, श्रीराम सापकोटा, हरिभक्त पौडेल र रमेश पोख्रेल लगाएत रहेका छन्र । सो कार्यक्रमको समापन नमुना पोल्टी फर्मका प्रमुख उमापति सापकोटाले
गरेका थिए ।