बर्दीको आडमा गुण्डागर्दी र चोरी

संगठनको नाम बदनाम गर्दै यी प्रहरी

सुर्य बराल /समिर मल्ल सिंह
चितवन / प्रहरी नागरिकको सुरक्षा गर्ने राज्यको एक सुरक्षा संयन्त्र, नेपाल प्रहरीमा आबद्ध सदस्य राज्यले तलब, भत्ता सेवा–सुविधा दिई खटाएको सैन्यतालिम प्राप्त कर्मचारी देशको सम्पत्ति र नागरिकको सुरक्षाको जिम्वेवारी प्राप्त निकाय नेपाल प्रहरीको एक ओहदा प्राप्त ब्यक्ति÷तिनै ब्यक्तिहरु गुण्डागर्दी र चोरीमा संम्लग्न भन्दा आश्चार्य लाग्न सक्ला ! तर यहाँ यस्तै भएको छ । हाल चितवन जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरी हवल्दार यदु पाठकको कारण पश्चिम चितवनको चनौली, दिब्यनगर, ज्योतिनगर र पर्साढाप क्षेत्रमा रहेका बासिन्दा आतंकित हुन पुगेका छन् । हवल्दार पाठकको त्यस क्षेत्रमा रहेका व्यवसायीहरुसँग समेत अबैध असुली गर्ने र कतिपय अवस्थामा आफुसँग भएको पेस्तोल नै निकाली ज्यान मात्रै धम्की दिने गरेको समेत खुल्नमा आएको छ । गत पौष २५ गते आफ्नो बर्थडे मनाउने क्रममा भरतपुर महानगर २६ ज्योतिनगरका स्थानिय युवा रोमन थापासँग हेराहेर हुदाँ हवल्दार पाठकको थापा लाई मलाई किन हेरिस भन्दै निर्धात कुटपिट गरेको पिडित थापाले भण्ठाफोर अभियानकर्मीसँग गुनासो गरे । थापाका अनुसार आफु घरबाट नजिकै रहेको हिलटन रेष्टुरेष्टमा सामान किन्न जादा आफुृलाई पाठकको हेरिरहे पछि हजुर प्रहरी हो भनि के सोध्न भ्याएका थिए, पाठकले उनलाई निर्धात कुटे । हवल्दार पाठकले कुटेनन् मात्र उनको साथमा रहेको पेस्तोल नै निकाली थापाको कठालो समाउदै कन्चटमा तेसार्दै कक समेत गर्न भ्याए÷रक्सीले मत्त भएका पाठकले त्यसरी कन्चटमा पेस्तोल तेसारेपछि डरले काप्दै थापा पाठकको पञ्जाबाट फुत्कदै भाग्न सफल भए । पीडित थापा भाग्दै अस्थायी प्रहरी विट ज्योतिनगरमा गई सुरक्षा माग्न पुगे । ज्योतिनगर प्रहरी विट प्रमुख प्रहरी हवल्दार नमराज दाहालको नेतृत्वमा गएको टोलीले हवल्दार पाठकलाई पक्राउ गर्न खोज्दा पाठक घर भित्रबाट बाहिर नै निस्किएनन् । भोलिपल्ट विहान इलाका प्रहरी कार्यालय पर्साढापका प्रमुख प्रहरी सहायक निरीक्षक पदम बास्ताकोटीको नेतृत्वको टोली प्रंहरी हवल्दार पाठकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाए । हवल्दार पाठकलाई दुई दिन हिरासतमा राखी आन्तरिक कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । यसरी प्रहरीका एकजना हवल्दार जो चितवन जिल्ला अदालतका पाँच नं. न्यायाधिशका बडीगार्ड समेत रहेका पाठकले मादक पदार्थ सेवन गरी दिनदहाडै नागरिकलाई निर्घात कुटपिट गर्नुका साथै समाउँदै कन्चेटमा पेस्तोल तेर्साउँछन् भने के त्यो गुण्डागर्दी होइन र ? बर्दीको आडमा गुण्डागर्दी भनेको यही होइन त ? अनि गुण्डागर्दीमा सुन्य सहनशीलताको नीति लिएको चितवन प्रहरीले ति बर्दिधारी गुण्डा यदु पाठकमाथि कस्तो कार्वाही गर्छ त ? प्रहरीको नाममा जनतालाई पेस्तोल दाग्न खोज्ने ति बर्दिधारी गुण्डामाथि अविलम्ब सख्त कार्वाही होस् हामी नागरिकको तर्फबाट जोडदार माग गर्दछौं ।
बर्दिकै आडमा चौकीकै रड चोरी
जाजरकोट दरवन्दी भएपनि हाकिमको निगाहमा विगतमा पर्साढापमा कार्यरत रहँदा हवल्दार पाठकले तत्कालिन अवस्थामा आफै सई हुँ भन्दै पर्साढाप बजार र आसपासमा हप्ता असुली गरेपछि ३ महिनामै त्यहाँबाट लखेटिए । इलाका प्रहरी कार्यालय चनौली आएका उनले त्यहाँ निर्माणाधिन प्रहरी चौकी निर्माणमा ल्याइएको दुई बण्डल रड चौकीमा आइपुग्नु अगाडि बर्दिकै ध्वाँस दिदै ठेकेदारको मान्छेसँगको मिलेमोतमा दिब्यनगरमा रहेको आफ्नो घर पु¥याए । त्यति मात्र कहाँ हो र ? चौनली आसपासका व्यवसायीलाई धमक्याउदै अबैध असुलीमा लागेपछि चौकी इन्चार्जले थाहा पाएपछि चनौलीबाट पनि लखेटिएका पाठकको चितवन जिल्ला पाँच नं न्यायधिशको बडीगार्डको रुपमा जिम्मेवारी दिएको थियो तर पाठकले न्यायाधिशको बडिगार्ड हुँ भन्दै नागरिकहरुलाई धमक्याउने र थर्काउने गर्दै हिड्ने गरेको खुल्नमा आएको छ । हो तिनै हवल्दार पाठकले रेष्टुरेष्टहरुमा पनि सित्तैमा खाने र म सिआइडी पुलिस हुुँ भन्दै धमक्याउने गरेको पश्चिम चितवनमा रहेको एक रेष्टुरेष्ट सञ्चालकले दुखेसो पोखे । बिहान लिएको हतियार बेलुका जिन्सीमा बुझाउनुपर्नेमा नबुझाई समाजमा त्यही हतियार र बर्दिको आडमा चोरी र गुण्डागर्दी गर्ने यी प्रहरी हवल्दार पाठक माथी के कस्तो कार्बाही हुन्छ ? त्यो देखिहाल्ने छ । यसैविच जिन्सीमा बुझाउनुपर्ने हतियार के कारण रक्सीमा मस्त हवल्दार पाठकको हातमा पुग्यो । र, उनलाई के कार्वाही हुन्छ भनेर हामीले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुसिलसिंह राठौरसँग सोध्दा उनले पाठककालाई कार्वाहीमै राखिएको र अनुसन्धानपछि थप कार्वाही हुने बताए । आजको भण्डाफोर अभियानबाट