नेपालको नदीमा एकलौटी संरचना बनाएको भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

 

काठमाडौँ – कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति ९जेसीडब्लूआर० बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो ।

बैठकमा जलस्रोतसम्बन्धि नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ । नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धि मुद्दामा सहमति हुन नसकेपछि वार्ता विफल भएको हो ।