क्यान्सर रोगसँग लड्दै रामबहादुर , सहयोगको अपिल ।


प्रनिश थापा, चितवन , २३ पौष । घरको जिम्मेवार व्यक्ति नै बिरामी भइ अर्धचेत भएपछि घर चलाउन मुस्किल हुन्छ । दिनरात नभनी परिश्रममा खटी सामान्य परिवार पाल्दै गुजारा चलाउदै आएका राप्ती नगरपालिका १३, तापाङको एक परिवार झन्डै एक महिनादेखि संकटमा परेका छन् । गाउँमै रहेको कर्मी काम गरेर ज्याला कमाउँने ६० वर्षीय रामबहादुर प्रजा ९चेपाङ० क्यान्सरसँग संघर्ष गर्दैआएका छन् । झन्डै १ महिनादेखि उनी भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको शर्‍यामा छन् प्रजा ।हालसम्म एक लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । ‘श्रीमानको ज्यालादारी र खसीबोका बेचेर जम्मा गरेको पैसाले पनि पुगेन’, श्रीमती राममाया भन्छिन्, ‘अब ऋण खोज्न कहाँ जाने रु थाहा छैन ।’ घरको जिम्मेवार व्यक्ति नै यसरी थला परेपछि राममाया अन्योलमा परेकी छिन् । अहिले घरमा केटाकेटीमात्रै छाडेर श्रीमान्को हेरचाहमा उनी भरतपुरमा छिन् । ‘डाक्टरले चारपटक केमोथेरापी गर्नुपर्छ भन्नुभएको छ’, उनी भन्छिन्, ‘एकपटक केमोथेरापी गरेकै ५४ हजार रूपैयाँ लाग्दोरहेछ, चार–चारपटकको खर्च कसरी तय गर्ने हो थाहा छैन ।’ उहाँ बिरामी भएपछि घरको सबै व्ययभारमा समस्या परेको छ, रामबहादुरकी श्रीमती राममाया भन्छिन् स् खर्च जोहो गर्न नसक्ने भएकोले अहिले त अस्पताल समेतले पत्याउन छाडे । राति बेडमा बस्न नदिने हुँदा होटलमा बस्नु परेको छ । ‘राति पनि बेडमै बस्न दिएको भए होटलमा तिर्न पर्थेन’, उनले भने, ‘बेड छैन भनेर राति बाहिर पठाइदिन्छन्, होटलमा बस्दा खर्च बढिहाल्छ ।’ चिकित्सकलाई उद्धृत गर्दै उनले भने, ‘बुबालाई रक्त क्यान्सरको लक्षण देखिएको रहेछ, तर सुरूको चरण भएकोले शरीरका अन्य भागमा फैलिन पाएन ।’ अहिले रामबहादुरको घाँटीको दायाँ भागमा घाउ भएको छ । चिकित्सकको सल्लाहअनुसार चार पटक केमोथेरापी गर्न सके निको हुने उनले बताए । रामबहादुरकै भरमा रहेको १० जनाको परिवारमा अरु कमाउने मान्छे कोही छैन, जसले गर्दा रामबहादुरको उपचारका लागि उनको परिवार सहयोगीको बाटो हेरेर बसिरहेका छन् ।