पुस २८ देखि चितवनमा खिचरा महोत्सवको छैठौ. संस्करण हुने ।

थारु संस्कृती जगेर्ना गर्ने मुख्य लक्ष्य

सुर्य बराल/ चितवन,पुस २१/यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पुर्बिचितवनमा खिचरा महोत्सवको छैंठांै सस्करणको आयोजना गरिएको छ । थारु समुदायको एतिहासिक एवं महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको महोत्सव यसबर्ष पनि मनाउन लागिएको हो । पूर्वी चितवनको खैरहनी नगरपालिका–५,गौचरनमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको आयोजक सँस्था मध्यको थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ७ खैरहनीले नजानकारी दिएको छ । आज ९शनिवार० पत्रकार सम्मेलनको आयोजना गरि महोत्सब बारे जानकारी दिईएको हो । यसवर्षको महोत्सवलाई विशेष बनाउन थारु संस्कृतिसंग जोडिएका कार्यक्रमहरुलाई बिशेष जोड दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए।
महोत्सवमा थारु सँस्कृति झल्कने घरहरुका साथै खानाका परिकारहरु,थारु साँस्कृतिक मिनी संग्राहलय,घोघीं र चिचरको मूर्ति,हाँस समाउने प्रतियोगिता,चेपाङ र दराई जातिका परम्परागत खानाका परिकार संगै विभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना गरिएको थारु नेता तथा समाजसेवी टिकेन्द्र चौंधरीले जानकारी दिए । महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसर लगायतका स्टलहरु समेत रहनेछन् । महोत्सवमा २ सय स्टल रहने र करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
महोत्सवमा नेपाल पर्यटन बोर्ड र खैरहनी नगरपालिका प्रवद्र्धकका रुपमा रहेका छन् ।