नारायणगढ बजारमा दिउँसै गैंडा देखिन थालेपछि स्थानीय त्रसित 

प्रनिश थापा , चितवन , २१ पौष । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका वनमा मात्र देखिने एक सिङ्गे गैँडा केही दिनयता नारायणगढ वरपर समेत देखिन थालेका छन् । यहाँको मुख्य राजमार्गहरुमा नै गैंडा देखिन थालेपछि स्थानीय त्रसित भएका छन् ।शहर बजारको बाक्लो बस्तीमा गैँडा देखिन थालेपछि स्थानीयवासीहरूले असुरक्षित महसुस गर्न थालेका छन् । रात परेपछि गैँडा नारायणगढको बेलचोक वरपर देखिन थालेको गैंडा अहिले दिउँसै शहिदचोक बजारमै देखिन थालेपछि मानिसहरू त्रसित बनेका छन् । कहिले एउटा त कहिले दुईवटा गैँडा नारायणगढको बजार नजिकैको वनबाट बस्तीमा देखिएको प्रत्यक्षदर्शीहरूले बताएकाा छन् । एक प्रत्यक्षदर्शीले बताए अनुसार गैंडा प्रायजसो ूबेलुका ६(७ बजेबाट बिहानसम्म आउने गरेकोमा १ दिन त दिउँसो १२ बजे गैँडा आयो । भैँसीलाई गैँडाले हान्छ भनेर परिवार नै डरले रोएर बस्यौँ । फेरि केही दिनपछि ३ वटा गैँडा आएर घरमा हान्न थाल्यो । हामी अत्तियौँ। तर केही भएन ।ू स्थानीयबासिन्दाका अनुसार गत वैशाखयता प्रायजसो हुलका हुल गैँडा शहर बजार पस्ने गरेका छन् । ूकहिले त ६(७ वटा गैँडा आउँछन् । साँझ आएर रातभर बसेर बिहानपख फेरि जङ्गलतर्फ फर्कन्छन् ।ूनारायणगढ बजार नजिकै नारायणी नदी र निकुञ्जसँग जोडिएको सामुदायीक वन र नगर वन रहेको छ। त्यो गैँडाको बासस्थान हो ।बजारमा नै गैँडा आउन थालेपछि संरक्षण अधिकारी हरू चनाखो हुनुपर्नेमा स्थानियबासिन्दाले जोड दिएका छन् । यता, चितवन राष्ट्रिय निकुञ्जका वार्डेन बेदकुमार ढकालले निकुञ्जमा गैँडाको संख्या वृद्धि भएका कारण यसरी गैँडा बाहिर आउने क्रम बढेको हुन सक्छ । उनले तिनलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको बताए । ूशहर बजार क्षेत्रमा मात्र होइन चितवन राष्ट्रिय निकुञ्ज र वरपरको वनहरूमा केही वर्षयता गैँडा देखिने क्रम बढेको छ । गैँडा बाहिर आउन नदिन हामीले तारबार गरेर भए पनि नियन्त्रण गर्नुपर्छ ।ू