अब सीमा सीमामा सीसी क्यामेरा राखिने

पौंष १५, दीपक रिजाल र मधुसूदन रायमाझी, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ ।

शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो ।

सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित स्थानहरुको अध्ययन गरेर सुक्ष्म निगरानी गर्दै जाने गरी प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलले जनाएको छ । हाल भएको जनशक्तिले मात्र सीमामा निगरानी गर्न कठिनाई भएकाले प्रविधिको प्रयोग आवश्यक महशुस गरेर यो प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो ।

सीमा सुरक्षाको कार्यदेश पाएको शसस्त्रले पहिलोपटक सीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । संगठनलाई आधुनिकरण वैज्ञानिकरण गर्दै प्रविधिको प्रयोगमार्फत काम गर्ने सरकारको नीति तथा कार्यक्रमलाई शसस्त्रले कार्यान्वयनको दिशातर्फ उन्मुख भएको देखिएको छ ।

शसस्त्रले यस आर्थिक बर्षभित्र नै सीमाका दसदेखि १५ स्थानमा सिसी क्यामेरा जडान गर्ने काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्रवक्ता श्रेष्ठ भन्नुभयो, ‘यो सुरुवाती चरण हो, आगामी बर्षमा सीमालाई सुरक्षित बनाउन प्रविधि र जनशक्तिको व्यवस्थाप गर्दै लैजाने संगठनको नीति छ, दक्षिण सीमातर्फ ८७ वटा बिओपीहरु रहेकामा ९४ वटा पु¥याइएको छ, क्रमश बिओपीहरु थप्ने योजनाका साथ अगाडि बढेका छौँ ।’

सीमामा जोडिने प्रविधिहरुको शसस्त्र प्रहरी बल प्रधान कार्यालयबाट नै मनिटरिङ हुनेछ । सीमा जडान हुने प्रविधिले आपराधिक क्रियाकलाप हतोत्साहित गर्ने र चोरी पैठारी नियन्त्रणमा ठूलो टेवा पु¥याउनेछ । सीमामा संवेदशित भएको र प्रविधिको प्रयोग गर्दा सरकारले अगाडि सारेको नीति तथा योजना कार्यान्वयनमा थप बल पुग्ने देखिएको छ । प्रविधिको प्रयोगले राजश्व संकलनमा पनि सहयोग पुग्ने देखिन्छ ।

गृह मन्त्रालयले अगाडि सारेको गृह प्रशासन सुधार कार्ययोजना २०७४ मा समेत प्रविधिको प्रयोगलाई विशेष महत्वको दिइएको छ । गृहमन्त्री रामबहादुर थापाले सीमालाई सुरक्षित बनाउन शसस्त्रलाई निर्देशन दिँदै आउनुभएको छ । सशस्त्रले सीमालाई थप मबजुद र सुरक्षित बनाउन दक्षिण तथा उत्तरतर्फको छिमेकी सुरक्षा निकायसँग समन्वय गरेर देशको सीमालाई अतिक्रमण र आपराधीक क्रियाकलाप हुन नदिन रातदिन विशेष पहल गर्दै आइरहेको छ । ‘यो समाचार नेपाल समाचारपत्रमा छ ।