वाइडबडी खरिद प्रकरणः तौलमै एक अर्बको घोटाला

काठमाडौँ – नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

उडान भर्दाको अधिकतम तौल ९एमटीओडब्लू० २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो ।