बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

 

 
 
प्रनिश थापा, चितवन, ०९ पौष । चितवनमा बसको ठक्करबाट गएराती एकजनाको मृत्यु भएको छ ।  
भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा 
काठमाडौंबाट जनकपुरका लागी छुटेको ना. ७. ख. १६४२ नम्वरको बसले रातीको झन्डै १२ बजेको समयमा विपरित दिसातर्फ गइरहेको ना. ६१. प. २२३७ नम्वरको मोटरसाइकलाई ठक्कर दिँएर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सवारी चालक भरतपुर १० ढुङ्गाना चोकका २१ बर्षिया दिप्सन राज आचार्यको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, सोही मोटरसाइकलको पछाडि सवार भरतपुर २४ का भिम लामा भने गम्भिर घाइते भएका छन् । उनको  
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय चितनवनले आफ्नु नियन्त्रणमा लिएको जनाएको छ ।