पौष १२ बाट ठोरी महोत्सव हुदैं ।

सुर्य बराल

चितवन/ पौष ४ /पर्सा जिल्लाको ठोरी गाँउपालिकाको भन्सार स्थित सिमाचौंरमा प्रथम ठोरी महोत्सव हुने भएको छ । चितवनसँग सिमा जोडिएको पर्साको ठोरीमा आगामी पौंष १२ गतेबाट महोत्सव हुन लागेको महोत्सव आयोजक कपुरबोट मिडीयाका अध्यक्ष सन्तोष देउजाले जानकारी दिए । देउजाका अनुसार भारतीय सिमा नजिकै महोत्सव आयोजना गरिएकोले महोत्सबमा भारतीयहरुको समेत उल्लेख्य उपस्थिती रहनेछ । महोत्सवमा ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा ३ करोडभन्दा बढीको कारोबार हुने आयोजकले अपेक्ष गरेको छ । महोत्सव पौंष २२गतेसम्म चल्नेछ ।