राष्ट्रपतिःबिलासी नबन

सुर्य बराल
गणतन्त्रको आभूषण मानिएको संस्था राष्ट्रपति पद अहिलेका राष्ट्रपति बिधादेवी भण्डारी र बर्तमान सरकारको कारण दिनप्रतिदिन बदनाम बन्दै जान थालेको छ । यस्ता सँस्थाहरु बदनाम बन्दै जाँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने मौका पाँउछन् । आजभोली सामाजिक सञ्जाल रङ्गिएको छः राष्ट्रपति भवन शीतल निवासबाट १८ करोडको गाडी माग भयो । नागरिकलाई गणतन्त्रको यो विलास मन परेको छैन । सरकारले कुरा समृद्धिको गर्ने अनि काम मोजमस्तीको गर्दा जनतामा समृद्धिको उल्लास प्रतिदिन सेलाउँदै गइरहेको छ । गणतन्त्रमा सत्तासिनहरू के बुझ्न जरुरी छ भने तपाईंले प्रयोग गर्ने सेवा सुविधामा शहिदको जिवन छ, गरिबको पसिना मिसिएको छ । निमुखाको रगत मिसिएको छ । घरको चुल्हो बाल्न खाडी पसेका ५० लाख नेपाली युवायुवतीहरुको विप्रेषणको प्रतिविम्ब देखिन्छ । सिटामोल नपाएर अनमोल जीवन गुमाउनेको आँशु देखिन्छ ।
तर, पनि शीतल निवासको गेटबाट गाडी किन्न १८ करोड आवश्यक भएको समाचार किन बाहिरियो होला?
गाडीको समाचार भाइरल बन्दा पृष्ठभूमिमा थुप्रै निरस राग बजिरहेका थिए । सम्पत्तिका रूपमा अढाइ कट्ठा जग्गा र अढाइ तोला सुन भएकाहरु सिंगापुरमा महिनैपिच्छे उपचार गर्न े। सामान्य घाँटी हल्लने रोगले सताउँदा पनि गर्दन हल्लाउँदै बिदेश । उपचारको बहानामा केही दिन टहलिन अमेरिका जाने । सामान्य शरीर जचाउन पनि विदेशी अस्पताल नै जानेहरू कारण गणतन्त्र थप बदनाम बन्दै गएको छ ।
भनिरहनु नपर्ला, देश आधा करोड युवायुवतीको पसिना बेचेर चलेको छ । प्रशासकीय खर्च चलाउनसमेत ऋण लिनुपर्ने दुःख छ । ऋण गरेर गाडी चढ्ने के बाध्यता आइलाग्यो, राष्ट्रपतिज्यू?

फेसबुकमा ’मेमोरी’ मात्र हेर्यो भने पनि पोहोरका चुनावी भाषण ’रिप्ले’ भइरहेका छन्। दुईतिहाइको सरकारले दुई–तीन सिन्को पनि भाँचेको छैन । रिबन काटेरै समय गईरहेको छ
तपाईहरुले यिनीहरुबाट केही सिक्नुस राम्रो कुरा
सरकारी निवास छाडेर फार्म हाउसमा बस्ने उरुग्वेका पूर्वराष्ट्रपति जोसेफ मुजिका । असाध्यै सरल र लोकप्रिय बाराक ओबामाका साथै पब्लिक रेल चढेर जनतासँग सेल्फी लिने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडो पनि ति धनी देशका र्काकारी शक्तिशाली राष्टप्रमुख नै थिए ।

त्यसैगरी रेलमा उभिएर यात्रा गर्ने बेलायती प्रधानमन्त्री डेविड क्यामरुन । के शक्तिशाली देशका प्रधानमन्त्री, राष्ट्रपतिहरूलाई सुरक्षा चुनौती थिएन होला र ? त्यसैले महामहिम राष्ट्रपति ज्यू र दुईतिहाईको बाम सरकार बेलैमा होस गर, गलत कुरालाई रोक । डेढ अर्बको हेलिकफ्टर र मोजमसतीमा नलाग । तिमीहरुको कार्यशैलीको कारण जनतामा निराशा छाएको छ, जो गणतन्त्रको लागी खतरा हो । यसर्थ बिलासीता तिर नबढ, आफुलाई सच्याउ समय छदैमा ।