आधुनिक मदरसा बिद्यालय बनाऔं : शिक्षामन्त्री डा. नुवामी

विज्ञान प्रविधि र शिक्षाको विकासका लागी सहकार्य गरौं : मन्त्री पोखरेल

 

 

काठमाण्डौं÷सयुक्त अरब ईमिरेट्स अन्तर्गत अबुदधावीका स्थानीय शिक्षामन्त्री महामहिम डा. अलि रसिद अल नुवामीले आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेट गर्नुभएको छ ।

मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आउनु भएका शिक्षामन्त्री डा. नुवामीले सबैं मदरसा बिद्यालयहरुलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

शिक्षामन्त्री नुवामीले सबैं मदरसा बिद्यालयहरु प्रविधिमैत्री र आधुनिक बनाउने अभियान अन्र्तगत नेपालमा रहेका मदरसा बिद्यालयहरु पनि नयाँ ढं्रगले सञ्चालन हुनेगरी आधुनिक व्यवस्थित बिद्यालय बनाउन नेपाल सरकारसंग सहाकार्यको अपेक्षा राखिएको बताउनुभयो ।

उहाँले विश्व शान्ती, विश्व भाईचाराका लागी युएईले अन्तराष्ट्रिय अभियान चलाएको बताउँदैं नेपाल पनि विविधतापुर्ण भएकाले यो अभियानमा सहभागी हुन आव्हान गर्नुभयो । नेपाल सरकारलाई बिज्ञान र प्रविधिको क्षेत्रमा सहयोग गर्न युईए सरकार तयार रहेको डा. नुवामीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेटमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पोखरेलले विज्ञान प्रविधि र शिक्षाको विकासका लागी सहकार्य सहयोग गर्न आग्रह गर्नुभयो । युएईको विकासलागी नेपाली जनशक्तिले सहयोग गरेको स्मरण गराउादैं मन्त्री पोखरेलले युएईमा रहेका विश्व स्तरका विश्व विद्यालयहरुबाट नेपाली बिद्यार्थीहरु पनि लाभन्वित हुने अपेक्षा व्यक्त गर्नुभयो । दुई देशबिचको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पोखरेलले सम्वृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहयोग गर्न युईए सरकारसंग अनुरोध गर्नुभयो ।