चितवनको भरतपुरमा दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता सम्पन्न

सबिना घिमिरे/डीलकुमारी नेपाल
भरतपुर, १ पुस । नेकपाका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा स्व। प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन गनुभएका प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उच्च राख्न मद्दत पुग्ने बताए । प्रदेश सरकारले खेलकुदमा लाग्ने व्यक्तिका लागि पेन्सन पाउने व्यवस्था सहितको ऐन निर्माण गरिरहेको उल्लेख गर्दै दाहालले खेल क्षेत्रका युवाहरुलाई सरकारले प्रोत्साहन गनुपर्नैमा आफु लागिपरेको र खेलाडीको भविश्यलाई सरकारले हरेक पलमा अग्रगतिमा लाने आफुले सक्दा सहयोग गर्ने बताए ।
सोही प्रतियोगितामा देशभरका मुवाथाई क्लबहरुका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा लेडिज ४७ देखि ५० केजी तौल समूहमा काभ्रे मुवाथाईकी शर्मिला तामांगले चितवन अलमार्सल आर्ट्सकी प्रिति रायलाई नकआउटमा हराईन् । ५० देखि ५४ केजी तौल समूहमा एम।ए। मोवाथाई कोटेश्वर क्लबकी दिक्षा थापाले चितवनकी नतिसा रानामगरलाई हराईन् ।
५७ देखि ६० तौल समूहमा शेर्पा म्याक्स मुवाथाई क्लबकी प्रमिला तामाङले केन्द्रीय मुवाथाई क्लबकी प्रियङ्का कमताडलाई हराईन्। ५५ देखि ५८ केजी तौल समूहकी शेर्पा म्याक्स मुवाथाई क्लबकी विद्या गुरुंगले एपिएफ क्लबकी अञ्जली श्रेष्ठलाई हराईन् ।
त्यस्तै आजको खेलमा पुरुषतर्फ ४८ केजी तौल समूहमा शेर्पा म्याक्स मुवाथाई क्लबका प्रदीप तामाङले भक्तपुर मुवाथाई क्लबमा भिम्पा तामाङलाई हराए । ५१ देखि ५३ केजी तौल समूहमा चितवन अल मार्सल आर्ट्स क्लबका शनिल चौधरीले भक्तपुर मुवाथाई क्लबका नविस कार्की र ललितपुरका कविन देसारलाई हराए । ५७ देखि ६० केजी तौल समूहमा जिमखाना मुवाथाई क्लब काभ्रेका राजु राईलाई काभ्रेकै सुवास लिम्बूलाई हराए ।
६५ देखि ७० केजी तौल समूहमा काभ्रेका सचिन्द्र रंजितले रेज फिटनेसका ज्ञानदीप मल्ललाई हराई गोल्डमेडल हात पारे । ७० देखि ७५ केजी तौल समूहमा केन्द्रीय मुवाथाई क्लबका विजय लामाले केन्द्रिय मुवाथाई क्लबका रसिप जारीलाई हराई गोल्डमेडल आफ्नो पक्षमा पारे ।
चितवनमा रहेको अल मार्सल आर्ट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा देशभरीका २४ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । आठ जना महिला तथा १६ जना पुरुष खेलाडी सहभागी रहेको प्रतियोगितामा १२ वटा फाइट गराइने अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । तौल समूहमा खेलाइएको प्रतियोगिताको विजेताले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङको भनाइ छ ।
मुवाथाई प्रतियोगताको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपति, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश ३ का अध्यक्ष नारायण दाहाललगायत अतिथिहरु सेवेनस्टार होटलका सञ्चालक एवम् पुरस्कारदाता माधव दवाडी, सिभिल बैंकका शाखा प्रमुख उपेन्द्र दाहाल,सोही ऐकेडेमीकी सल्लाहकार सबिता लामा,संरक्षक,ईश्वर सापकोटा ,संगिता भट्राई ,जिल्ला खेलकुदका विभिन्न संघका पदाधिकारीहरु टार्जन श्रेष्ठ, जंगबहादुर थिङ, कृष्ण कुमाल, डिलकुमारी नेपाल एवम् पत्रकार प्रकाश ज्ञवाली समेतको उपस्थिति रहेको थियो । खेलकुदमा खेलाडीलाई थप उर्जा मिलोस् भन्ने हेतुले बेलुका खेलाडीहरुलाई बिदाई सम्मान कार्यक्रममा खेलका बिभिन्न तह र तप्कामा योग्गदान गनेै ब्यतित्वहरुलाई मुवाथाई प्रतियोगताको बिदाई कार्यक्रमा नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष भैई यस प्रतियोगिताको उच्च मुल्याडकन गदै गणेशलाल कक्षपति,राष्ट््रीय खेलकुुद परिषद्का कर्मचारी भई बिभिन्न क्षेत्रमा योगदान गरेका रत्न मान्धर एंवम् चितवनकी प्रथम महिला खेलकुद पत्रकार डिलकुमारि नेपालले चितवनका हरेक खेलकुदका बिभिन्न तहमा पुराएको योगदानको उच्च मुल्याडकन गदै,साईनारो बिदाईका प्रमुख आर्तिथ्य गनुभएका अल मार्शल आर्ट एकेडेमीका संंयोजक , सल्लाकार एवंम् भरतपुर महानगरपालिकाका प्रमुख सल्लाहकार समेत रहनुभएका गोपाल कृष्ण न्यौपानेले, दोसला ओडाई मायाको चिनो एवंम् सम्मानपत्र प्रदान गनुभएको थियो ।
स्व। प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता उत्तम गुरुडगको सभापतित्वमा सम्पन्न भएको थियो ।