सर्लाहीमा घुमुवा प्रहरीहरुको आतंक , स्थानीय हैरान, सुन्दैनन् प्रमुख

 सर्लाही, २९ मंसिर । सर्लाही प्रहरीमा घुस आतंक कहिल्यै नरोकिने भएको छ । डेढ बर्षपछि अवकाश भइ घर जाने तयारीमा रहेका सइ तिलधारी शाह लगायत तीन जना घुमुवा प्रहरीहरुको अशुली काण्डले पछिल्लो समय यहाँका स्थानीय हैरान भएका छन् ।

अपराध न्यूनीकरणको उद्देश्यका साथ एसपी पोषराज पोख्रेलद्वारा घुमुवामा परिचालित सइ शाहको अशुली धन्दाले पछिल्लो समय तीव्रता पाउदै गएको हो । दिउँसो सबैले देख्ने र हल्ला हुने भन्दै रातको समयमा सेटिङमा तस्करी चलाउने काम यहाँ ब्यापक मात्रामा हुँदै आएको छ ।

सइ शाहकै मिलेमतोमा नामुद तस्करहरु स्थानीय मेथुर साह, गोपाल अग्रवाल, राजकुमार गुप्ता, मुख्तार मियाँ, रामबाबु यादव, श्याम बाबु साह, रामबाबु साह लगायतले निर्वाधरूपमा कपडा, गुट्खा, हार्डवेयर, सुर्ती, रजनीगन्धा, भित्र्याउन पाइरहेका छन् भने, मुख्य भन्सारबाट तस्करी हुँदै आएको छ । अहिले तस्करहरुले गडैंया, त्रिभुवननगर, डुम्रिंया, र भारसर फुटौनाबाट रातको समयमा ठूलो मात्रामा तस्करी गर्ने गरेका छन् ।

केही दिनदेखी यी तीन वटा नाकाबाट तस्करीको लाइन पाउनेमा विजय राय यादव, विजय यादव, रमेश यादव, प्रकाश यादव, अन्तोष दास, सन्तोष र गोपाल लगायत छन् । यी तीन तस्करहरूले तस्करी धन्दा चलाइरहेको र कपडाका तस्कर इन्दल साहबाट ६० हजार रूपैयाँ घुस रकम लिने गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीबाटै घुमुवाका रूपमा खटेका सई तिलधारी शाहको कमान्डमा असइ प्रमोद यादव, प्रहरी जवान सुनिल ठाकुर लगायत घुमुवा प्रहरी परिचालित छन् । यद्यपि, उनीहरुको समेत अशुली धन्दा दुइ गुणाले वृद्धि हुँदै गएको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार घुमुवा रहेका सइ साह, असइ यादव र जवान ठाकुरले बिभिन्न तस्करहरुमार्फत मोटो रकम लिँदै निर्वाधरूप तस्करीका लाइन चलाइरहेका छन् । घुमुवा सई साह, असइ यादव, र जवान ठाकुरको संलग्नतामा सो नाका बाट कपडा तस्करी गर्ने इन्दल साह, विजय चौधरी र विजय साहले लाइन पाएका छन् । असइ यादव भने हाल खुट्टा भाँचिएर घर बिदामा पुगेका छन् ।

पत्रकारलाइ मोटो रकम दिइ कार्वाहीबाट बच्दै सइ शाह
यस्तै, समाचार स्रोतले दिएको जानकारी अनुसार सइ तिलधारी शाहले रकम मात्रै अशुली गरेका छैनन् की प्रत्येक पत्रकारहरु समेतलाई मिलाइ आफुले गरेको अबैध कार्यको पर्दाफास नगर्न भनसुन समेत गर्ने गरेको पाइएको छ । पत्रकार आफ्नु बंशमा पार्नैका लागी उनी दिनरात खटिरहेका छन् ।

उनले आफ्नु विरुद्धमा पछि नलाग्न भन्दै केही पत्रकार समेतलाइ महिनावारी रूपमा ५ देखी १० हजार रुपैयाँसम्म उपलब्ध गराउने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनले यसरी पैसा बुझो लगाउनेमा स्थानीय पत्रकारदेखी केन्द्रिय पत्रकारसम्म रहेका छन् ।

उनले राजधानीबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकाका पत्रकारसहित बारा, पर्सा र सर्लाहीकै केही पत्रकार समेतलाई आफुविरुद्ध समाचार सम्प्रेषण नगर्न पटकपटक आग्रह गर्ने गरेका छन् भने प्रत्यक्ष रूपमा भेटेर पैसाको डिल गर्ने र त्यसबापत केही रकम उनीहरुलाइ समेत उपलब्ध गराइ समाचार प्रकाशित गर्नर गराउनबाट पुर्णतः रोक लगाउने कार्य समेत सइ शाहको नेतृत्वमा हुँदै आएको बताइएको छ ।

एसपी पोख्रेल भन्छन् स्( घुमुवा जति सबै बिवादित नै हुन्छन्

यता, एसपी पोषराज पोख्रेलबाट परिचालित घुमुवा सइ शाहको अशुली धन्दा र उनीविरुद्ध विभिन्न निकायमा परेको उजुरीका सम्बन्धमा एसपी पोख्रेल समक्ष जिज्ञासा राख्दा उनले गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

घुमुवाका बिषयमा कार्यालय प्रमुख पोख्रेल समक्ष जिज्ञासा राख्दा उनले घुमुवा जति सबै बिवादित नै हुन्छन् भन्ने अभिव्यक्ति दिएका हुन् । उनी सरुवा भएर आएलगत्तै बारम्बार घुमुवा प्रहरीको चर्तीकला र कमाउ धन्दा बारे जानकारी दिदा समेत कुनै चासो राखेनन् । यता, नागरिकस्तरबाट आएको गुनासोलाइ ध्यानआकृष्ट गर्दै हामीले उनीसित जवाफ मागेका थियौं । जवाफमा उनले घुमुवाहरु बिवादित नै हुन्छन् भन्दै मजाकका रूपमा उडाए । समयमै नागरिकको गुनासो नसुन्दा उनले परिचालन गरेका घुमुवा प्रहरी अख्तियारको फन्दामा परिसकेका छन् ।

सरुवा भएर आएको छोटो अवधिमै प्रहरी जवान नुरुल अन्सारी घुस सहित अख्तियारको फन्दामा परेका थिए । आफ्नु सबै प्रहरीले इमान्दारीपूर्वक कार्यसम्पादन गरेको भनी नागरिकको गुनासो सुन्नै नचाहने एसपी पोख्ररेलले अन्सारी कार्वाहीमा परेपछि पनि कुनै एक्सन नलिएको स्रोतले जनाएको छ ।

ट्राफिकमा पनि उस्तै १
यता, ईलाका प्रहरी कार्यालय बरथहवामा पनि घुस आतंक जारी छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको उक्त प्रहरी कार्यालयले त्यहाँ ट्राफिक प्रहरी हवल्दार सुरेश प्रसाद यादवलाइ परिचालन गरी घुस आतंक मच्चाउने गरेको बरथहवा प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय गौर रौतहट दरबन्दी भएका उनी एक महिना सम्म पनि आफ्नु दरबन्दीमा जानु नपरेका भाग्यमानी प्रहरीका रूपमा चिनिने गरेका छन् । उनै हवल्दार यादवले ट्राफिकको बिल्ला ओडी घुसको खेतीपाती नै मच्चाउने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार पाइजा समेत लाइ मासिक रूपमा १५ हजार रुपैयाँ दिने सर्तमा उनले घुस आतंक मच्चाउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार ट्राफिकका पाइजा र बरथहवाका प्रहरी निरीक्षक आमोद क्षरवार समेतलाई प्रलोभनमा पारेपछि हवल्दार यादवले आफुलाइ कसैले केही गर्न नसक्ने बताउदै नियम उल्लंघन गर्ने सवारीसित रकम उठाउने गरेको बताइएको छ । रकम दिएको खण्डमा सवारी नियम उल्लंघन गर्नेलाई छुट दिने र रकम नदिए सवारी नियम उल्लंघन ऐनअन्तर्गत भन्दै कार्वाही प्रक्रियालाई अगाडि बढाउने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार लाइसेन्स नभएकाहरुसंँग समेत उनले जथाभावी रूपमा पैसा उठाउने गरेका छन् । यता, नवलपुरका प्रहरी निरीक्षक पाइजाले महिनावारी रूपमा उक्त रकम लिए नलिएको बिषयमा पुष्टि भने भइसकेको छैनन् ।

मलाई फसाउन खोजियो स्( हवल्दार यादव
यता, ईलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी हवल्दार सुरेश प्रसाद यादवले आफुलाइ सुुुुनियोजित ढंगले फसाउन खोजिएको बताएका छन् । न्युज अभियानसित कुरा गर्दै उनले भनेका छन् स् सर्लाहीको हरिवन, लालबन्दी, मंलगवा, बरथहवा लगायत क्षेत्र ट्राफिक नियम उल्लंघन गर्नेमा सबैभन्दा अगाडि रहेको र आफुले उनीहरुसित संगठनको अधिन मै रहि ट्राफिक नियम उल्लंघन गरेबापत मात्रै जरीवाना चिट काटेको र त्यो भन्दा एक रुपैयाँ पनि कसैसँग बढी नलिएको बताएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने यहाँ बढी छन् ।

उनले भने, ट्राफिकले कडाइ गरेकै बिरोधमा यस अगाडि यहाँका स्थानीयले ट्राफिकको ज्यादती भन्दै बजार नै बन्द समेत गराए भने, आफ्नु विरुद्धमा मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुर हालको ९३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुर० का अवकाश प्राप्त डिआइजी गणेश केसी समक्ष समेत उजुरी एवं सिकायत गरेको बताएका छन् ।

ट्राफिक नियम उल्लंघन गरेबापत चिट काट्दा केही असन्तुष्टि ब्यक्तिले मलाई फसाउन खोजे, उनले थपे स्( भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी बिवाह पञ्चमीको अवसरमा धनुषा आउदा म चार दिन सम्म जनकपुरको रमानन्द चोकमा ड्युटीमा बसेको थिए । म स्वच्छ भइ कसैको डर त्रास एवं प्रलोभनमा परी काम गर्ने ब्यक्ति होइनन् , उनले भने । ट्राफिक नियम उल्लंघन गर्नेले पहिलोपटक यस्तो भए, अब हुँदैन एक पटकको लागी छोड्दिनुसम्म भन्ने गरेको उनले सुनाए।

दरबन्दीमा फिर्ता पठाएर छानबिन गर्छु, दोषी पाइए बिभागीय कार्वाही हुन्छ, शंका नगर्नुस् स्( एसपी बज्राचार्य
यता, दुइ नम्बर ट्राफिक प्रदेश प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले गल्ती भेटिए कडा भन्दा कडा कार्वाही गर्ने चेतावनी दिएकी छिन् । उनले यस अगाडि ट्राफिकको बिल्ला ओडी संगठन बिपरित गतिविधिमा लाग्ने ॠषिराम निरौला जस्ता असइलाइ कार्वाही गरेको स्मरण गराउदै हवल्दार सुरेश प्रसाद यादवमाथि समेत केही दिनभित्रै छानबिन हुने बताइन् । उनले भनिन् स् सुरुमा त्यसलाई त्यहाँबाट हटाउन्छु , त्यसपछि मात्रै म छानबिन गर्छु ।

आज शनिबार परेको बताउदै भोली नै दरबन्दीमा फिर्ता पठाउन सम्बन्धित नवलपुर ट्राफिकका प्रहरी निरीक्षक राजकुमार पाइजा लाइ रवाना दिन निर्देशन दिने अनि मात्रै छानबिन गर्ने बताएकी हुन् । छानबिनका क्रममा दोषी भेटिए कुनै हालतमा नछाड्ने र कार्वाहीको दायरामा ल्याइ छाड्ने बताएकी हुन् ।

गृहमन्त्रालय हुँदै आइजी सचिवालयसम्म उजुरी
यता, सर्लाहीको घुमुवाहरुको बिषयमा दुइ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालयदेखी एआइजी पुष्कर कार्कीको सचिवालय हुँदै आइजी सर्बेन्द्र खनालसम्मको सचिवालयसम्म सर्लाहीको घुमुवाहरुले गरेको कामकारबाही बिषयमा रिपोर्टिङ भइरहेको छ । स्रोतकाअनुसार आज शनिबार परेकोले भोली आइतबार सर्लाहीको घुमुवाहरुले गरेको उठन्थे कार्यको सिकायत गर्ने बताएका हुन् ।

नाम नबताउने सर्तमा एक स्थानीयले दिएको जानकारी अनुसार हामी त आजित भइसकेका छौँ,घुमुवाहरुको अशुली आतंक दिनप्रतिदिन बढ्दो छ । कार्यालय प्रहरी प्रमुखसमक्ष गुनासो राखे पनि सुनुवाइ भएनन् । थुप्रैपटक उजुरी र गुनासो सहितको छानबिनका लागी परिपत्र नभएको भने होइनन्, छानबिनका लागी परिपत्र भएकै छ ।

तर, निष्पक्षरूपमा छानबिन हुँदैन मात्रै होईन, आएको पत्र समेत लुकाउने र नदेखाउने कार्य समेत यहाँबाट ब्यापक हुँदै आएको छ । उनले भनेका छन् स् धेरै सह्यो , अब सहदिनँ । एसपीलाइ नै बिपक्षी बनाइ उजुरी हाल्दै छु । उनले भने, एसपी साब एसएसपी बढुवाको दाबेदार हुनुहुन्छ । त्यसैले गर्दा उहाँ जतिसुकै जे होस् उजुरी एवं गुनासो परोस् कार्वाही र छानबिन गर्न भने कुनै कदम चाल्नु हुँदैन । त्यसैले उहाँलाइ बिपक्षी बनाउदै छु ।