दलाई लामाको जय जयकार मनाउन काठमाडौंभित्रै यस्तो तयारी !

काठमाडौं । नेपालमा रहेका तिब्बती शरणार्थीहरुले दलाई लामाले नोबेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा आज २४ गते काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा भव्य कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेका छन् ।

दलाई लामाले सन् १९८९ मा स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधिलाई शान्तिपूर्वक संचालन गरेको भनी सो पुरस्कार प्रदान गरिएको थियो । डिसेम्बर १० एवं मंसिर २४ लाई विश्व मानव दिवसको रुपमा समेत मनाउने गरिएको छ । , यो खबरसाँघु साप्ताहिकमा छ

दलाई लामाले नोबेल शान्ति पुरस्कार पाएको दिनलाई विश्वमा रहेका तिब्बती शरणार्थीले भव्य रुपमा मनाउने गरेका छन् । यसै परिप्रेक्ष्यमा दलाई लामाको नेपाल प्रतिनिधिको कार्यालयले सो दिन नेपालस्थित सबै विदेशी कूटनीतिक नियोगलाई निमन्त्रण गरेको छ ।

यदि सरकारले सो दिन उक्त कार्यक्रम गर्न नदिएमा विदेशी कूटनीतिज्ञहरुले सो विरुद्ध एकजुट भएर विरोध गर्ने र अन्तर्राट्रियकरण गर्ने तयारी समेत गरेको समाचार स्रोतले जनाएको छ ।

केही दिन पहिले दलाई लामाका नेपालस्थित प्रतिनिधि छुल्ट्रिम ग्याल्सोले विदेशी कूटनीतिज्ञहरुसँग भेटघाट गरी यो सम्बन्धी योजना बनाएको स्रोतले बताएको छ ।

नेपालमा रहेका तिब्बती शरणार्थीहरुले यस कार्यक्रमलाई वर्तमान सरकारको परिक्षणको रुपमा हेरेका छन् । यो सरकारले कार्यक्रम गर्न दिन्छ या दिदैन रु

सोही अनुसार आगामी दिनमा तिब्बती शरणार्थीहरुले आफ्नो रणनीति बनाउँदै जाने भएका छन् । दलाई लामाको निर्वासित सरकारले दुई महिना अगाडि नै आउँदो २०१९ सालको जनवरीदेखि नेपालमा काम गर्ने गरी आफ्ना पूर्व प्रशासक ठिन्ले ग्याट्सोलाई नेपालमा काम गर्ने गरी खटाइसकेको छ ।

उनले यसअघि एक दशक अवधि दलाई लामाको नेपाल प्रतिनिधि भई काम गरिसकेका छन् । उनको कार्यकालमा नेपालमा स्वतन्त्र तिब्बतको गतिविधि निकै नै उचाईमा पुगेको थियो ।

त्यसको मूल्यांकनस्वरुप दलाई लामाको निर्वासित सरकारले उनलाई नेपालमा खटाएको स्रोतको दाबी छ । कुशल प्रशासकको रुपमा कहलिएका ग्याट्सोको भूमिका कस्तो हुन्छ, आगामी दिनमा नेपालमा हुने तिब्बती शरणार्थीको गतिविधिले नै निर्धारण गर्नेछ ।