सौराहाको शान्तिसुरक्षामा कुनै कसुर बाँकी राख्दिनँ :आइजी खनाल ।

 चितवन , १७ मंसिर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय नगरी सौराहा सँगै अन्य विभिन्न जिल्लाका पर्यटकीय क्षेत्रमा विशेष शान्तिसुरक्षा उपलब्ध गराउन प्रहरीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् । समुदाय प्रहरी सझेदारी र सौराह होटल ब्याबसायी समितीको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सौरेलीलाइ शान्तिसुरक्षामा प्रहरीले कुनै किसिमको कन्जुस्याइँ नराख्ने आश्वासन दिलाएका हुन् । सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले पर्यटकीय गतिविधी र सुरक्षाका लागी कायम भएको दरबन्दीलाइ बढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने भन्दै उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने उनको भनाइ थियो । पर्यटन व्यवसायीहरुलाई सुझाव दिँदै आईजीपी खनालले भने–‘अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुने गरी पर्यटन व्यवसाय चलाउनुहोस् ।’ यस्मा नेपाल प्रहरीको साथ हुन्छ । सो अवसरमा आईजीपी खनालले सौराहाको सुरक्षामा विशेष रणनितीका साथ थप सक्रिया बढाउन ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख ९डिएसपी० दयानिधि ज्ञावालीलाइ निर्देशन समेत दिएका थिए । यसैबीच , सोही कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ईलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा पर्ने बछौली चौकीको स्तरवृद्धिदेखि लिएर प्रहरी निरीक्षकसम्मको दरबन्दी कायम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । सो अवसरमा खनालले प्रहरी गस्तीका लागि ७ वटा मोटरसाइकल, १० वटा रेडियो सञ्चार सेट र एउटा बेस सेट सहित पर्यटन प्रहरीका लागी छुटै मोवाईल कार समेत हस्तान्तरण गरेका थिए ।