कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा आगजनी गर्ने सबै अभियुक्त छुटे

प्रहरी भन्छन् : हामीलाई काम गर्न दिएनन् ।

चितवन , २ मंसिर । विद्यार्थी आगो लगाउने, बिद्यालय प्रशासन छुटाउने रु झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ होला । तर, वास्तविकता नै यहीँ छ । निजी कलेजहरुलाई सम्बन्धन दिएको विरोधमा केही साताअघि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले जनताको करबाट बनेको सरकारी सम्पत्तिमाथि नै क्षति पुग्ने गरी आगजनी गर्छन् । तर, आगजनीमा संलग्नलाई छानबिन गरी कानुनी कठघरामा उभ्याइ आगामी दिनमा त्यस्ता गल्ती दोहोरिन नदिन चनाखो हुनु त कता हो कता उल्टो बिश्वबिद्धालयकै पदाधिकारीहरु जमानीमा बसी आगजनीमा संलग्नलाई छुटाइएका हुन्छन् । कस्तो बिड्म्बना, सरकारी सम्पत्ति माथी धावा बाल्नेलाई कानुनी दायराभित्र ल्याइ प्रहरीको सहयोग गर्नुपर्नेमा उल्टो अनुसन्धानलाई नै बाधा पुर्‍याउने गरी बिश्वबिद्धालय स्वयं लागेको गतिलो उदाहरण चितवनमा राम्रोसँग देखियो । गएको कार्तिक २७ गते राती चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुलहुज्जत पुुुगेका विद्यार्थीहरुको एक समूहले बिद्यालयको भौतिक संरचनाहरुमा आगो लगायो । विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल ढोकामा पनि उनीहरुले आगो लगाए । आगोबाट दुई वर्षअघि मात्रैं सञ्चालनमा आएको नवनिर्मित भवनको भूँई तल्ला जलेर पुर्ण रूपमा नष्ट हुन पुग्यो । माथिल्लो तल्लामा पनि कालो मुस्लोले कुरुप देखियो । परीक्षा नियन्त्रण कार्यालयभित्र जवरजस्ती रूपमा प्रवेश गरेका उनीहरुले पेट्रोल छर्किएर टायर नै बाले । आकर्षक डिजाइनमा तयार गरिएको ढोका कामै नलाग्ने गरी जल्यो । विश्वविद्यालयका झ्यालका सिसाहरु पनि फुटिए । लाखौंको क्षति हुन पुग्यो । तर, बिश्वबिद्धालयले क्षतिको यकिन विवरण भने अझै सार्वजनिक गरेनन् । लगत्तै घटनामा संलग्न भएको भन्दैं चितवन प्रहरीले आफ्नु बहादुरी पनि देखाए , १० जना विद्यार्थीलाई तत्कालै पक्राउ गर्‍यो । तर, ती पक्राउ परेका विद्यार्थीलाई प्रहरीले कानुन बमोजिम कार्वाही अगाडि बढाउने तयारीमा थियो । तर, पक्राउ परेको २४ घण्टा बित्न नपाउदै विश्वविद्यालयकै पदाधिकारीको गैरजिम्मेवारपनका कारण आगजनीमा संलग्नहरु छुट्टीएका छन् । बिश्वबिद्धालयका केही पदाधिकारीलाई डरत्रास देखायो वा के कति कारणले छुटाए त्यो उनीहरु नै जानुन । तर, तोडफोड भयो, आगजनी भयो भन्दै प्रशासनलाई हारगुहार गर्ने स्वयं उपकुलपति , रजिष्टार, डिनहरु नै साक्षी बसी आगो लगाउनेलाई निर्दोष भन्दै छुटाए । आगजनीमा संलग्न भनेर पक्राउ परेका आन्दोलनकारी लाई कृषि संकायकी सहायक डिन डा। कल्याणी मिश्र जमानी बसेर छुटाएकी हुन् । यीनै विद्यार्थी अहिले फेरी धर्नामा बस्न थालेका छन् । यसअघि पनि परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गर्नेहरु कसैलाई पनि कारबाही भएको थिएनन् ।

बिश्वबिद्धालयको गतिविधि सह्य भएनन् : एसपी राठौर ।
यता, चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयका केही पदाधिकारीहरुले दोहोरो चरीत्र देखाउने गरेको आरोप लगाएका छन् । सरकारी सम्पती माथि हानी नोक्सानी गर्नेहरुलाई उन्मुक्ति दिन समेत स्वयं विश्वविद्वालयकै प्रशासन र पदाधिकारी नै लागेको आरोप उनले लगाए । समस्या पर्दा प्रशासनलाई हारगुहार गर्ने तर प्रशासन त्यहाँ पुगी आवश्यक कारबाही प्रक्रियालाई अगाडि बढाउने क्रममा ढाकछोप गर्ने प्रवृत्ति पदाधिकारीहरुमा देखिएको प्रति उनी रुष्ट भए । बिश्वबिद्धालयको भौतिक संरचनाहरुमा आक्रमण भएपछि हामीले सम्बन्धि पदाधिकारी र निकायहरूलाई तत्कालै लिखित उजुरी दिनुहोस् , हामी कार्वाही प्रक्रियालाई अगाडि बढाउन्छौं भनी पटकपटक भन्यौं तर, बिश्वबिद्धालय मान्दैनन्, यसको बाबजुद हामीले सरकारी सम्पतीमाथि आक्रमण गरी लाखौंको क्षति पुर्‍याउनेलाइ नियन्त्रणमा लिइ आवश्यक कार्वाही गर्दै थियौंं तर, पक्राउ परेको केही समयमै छुटाइदे भन्दै पदाधिकारी स्वयं जमानी बस्न आउँछन्, अनि राजनीतिक दबाब दिन्छन् ।’ हामीले कार्वाही नै गर्न नपाउने हो भने हामीलाई किन बोलाउने रु एसपी राठौर भन्छन् स् यहाँ सबै बाठो हुँदा हामीले काम नै काम गर्न पाएनौं । काम गरेपनि दबाब आउँछ , काम नगरे पनि दबाब आउँछ । यस्तो तरिकाले कतिदिन चल्छ रु उसो त बिश्वबिद्धालयमा क्षती पुगेपछि स्वयम् बिश्वबिद्धालयले नै कारबाही गर्नुपर्ने हो, पदाधिकारीले प्रहरीलाई गुहारे अनि मात्रै त्यहाँ प्रहरी गएर उनीहरुलाइ नियन्त्रणमा लियो तर, कार्वाही गर्न दिएनन् । जस्ले गर्दा उनीहरुको मनोबल बढ्दो छ । उनी भन्छन् स् अब त जे गरेपनि दबाब दिन्छन् अनि कार्वाही बिना नै छुट हुन्छ भन्ने अपराधीको मानसिकतामा बिकशित भइसक्यो । उनले भने, प्रहरीको कामकारबाहीमा राजनीति प्रभाव पर्दा प्रहरीले राम्रोसँग काम गर्न सकिरहेको छैनन् । बिश्वबिद्धालयका पदाधिकारीहरु लाई बन्धक बनाएको आरोपमा हामीले ९ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ । यसैमा, उनीहरुलाई पनि छाड्न तीब्र दबाब आइरहेको छ । उनले भने, विश्वबिद्वालयले दोहोरो चरित्र देखाउन थालेपछि हामीले कसरी काम गर्न सक्छौं रु ’

बिश्वबिद्धालयले सहयोग गरेनन् : प्रजिअ बस्नेत ।
उता, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले कृषि तथा वन विज्ञान बिश्वबिद्धालयले सहयोग नगरेको भन्दै यतिबेला रुष्ट बनेका छन् । सरकारी सम्पत्ति माथि आक्रमण गर्ने मुख्य योजनाकार को हुन् भन्ने स्वयं बिश्वबिद्धालयकै पदाधिकारीहरु लाई राम्रोसँग थाहा छ तर उनीहरु बिषय लुकाएर अर्को अराजकतालाई निम्ता दिइरहेका छन्’ प्रजिअ बस्नेतले भन्छन् स् सरकारी सम्पत्तिमाथि जोकोहीले पनि क्षति पुर्‍याए कडा भन्दा कडा कार्वाही हुन्छ । प्रशासन सरकारी सम्पत्तिको जगेना गर्नेतर्फ तयार छ । उनले भने, बिश्वबिद्धालयकै असहयोगका कारण आगजनी गर्नेमाथि अनुसन्धान र कारबाहीमा समस्या भइरहेको बताए । तोडफोड र आगजनी गर्ने माथि अनुसन्धान भइरहेको छ, विश्वविद्यालयले नसघाउँदा समस्या आइपरेको छ ।