चितवनका जुवाडेलाई गोरखामा संरक्षण, एसपी नैं लाईनमा

मासिक लाखौं रकम दिने गरेको खुलासा

चितवन । चितवनमा नयाँ एसपी आएसँगै जुवाखालका अखडाहरु असुरक्षित बन्दै जान थालेपछी जुवाडेहरु छिमेकी जिल्लाहरुमा चहार्दै जुवा खेलीरहेको खुल्नमा आएको छ । चितवनका भि.आई.पी. जुवाडेहरु कहिले नवलपुरको कावासोती, गैडाकोट, कहिले तनँहुको देवघाट,डुम्रे,खैरहनी त् कहिले मकवानपुरको मनोहरी, त् कहिले गोर्खाको पालुङ्गटार, घ्यालचोक लगाएतका स्थानमा ठाँउ परिर्वतन गर्दै जुवाखाल सञ्चालन गर्दै आईरहेका छन् । चितवनमा पहिलेका एसपीले लाईन दिएको भएपनि अहिलेका एसपीले लाईन नदिएकै कारण उनीहरु छिमेकी जिल्लाका स्थानिय प्रहरी चौंकी र जिल्लासम्म सेटिङ्ग मिलाउदैं जुवाखाल सञ्चालन गर्न बाध्य भएका हुन् ।
घुमन्ते शैलीमा ठाँउ सार्दै जुवा खाल सञ्चालन गरेका जुवाडेहरुको अखडा एकपछी अर्कोरुपमा एक्सपोज हुन थालेपछी उनीहरु जिल्ला तहमै सेटिङ्ग मिलाउन बाध्य भएका हुन् । यसरी सेटिङ्ग मिलाउने क्रममा हाल गोर्खा जिल्लामा उनीहरुको सेटिङ्ग मिलेको खुल्नमा आएको छ । गत् २ महिना अघिदेखि उनीहरुको खेल गोर्खामा निर्वाद रुपमा चल्न थालेको बुझिएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य श्रोतले दिएको जानकारी अनुसार जिल्लाका एसपीकै मिलेमतोमा जुवाखाल सञ्चालन भईरहेको हो । जिल्लाको पालुङ्गटार लगाएतका स्थानमा ठुलो पैमानाको जुवाखाल सञ्चालन भईरहेपनि प्रहरी र प्रशासनले केही नगर्नुले पनि आर्थिक चलखेल भएको बुझिन्छ । गोर्खा पालुङ्गटारकै एक स्थानियले भने ‘केही महिना यता गाँउमा नयाँ नयाँ मान्छेहरु आउने गरेको तर आफँुहरु उनीहरु किन आए भनि पछी नलागेको बताए । उनका अनुसार एक छिमेकीले चिन्ने चितवनका मानिसहरु आउने गरेको र उनीहरु दिनभर बसि राती मात्र फर्कने गरेको बताए । जुवाखालमा सुरक्षाको काम गर्ने एक युवाका अनुसार दिनमै एक लाखको हाराहारीमा भिष्टीङ्ग(बाल) उठने गरेको र त्यो रकम दैनिक खानपान, प्रहरी, घरबेटी, सञ्चालक, सुरक्षामा लाग्ने युवाहरु लगाएत सबैतिर बाँडने गरेको उनको दाबी छ । सुरक्षामा मात्र नियमित ८ । १० जना युवाहरु परिचालन हुने गरेको उनले जानकारी दिए । अर्का एक जुवाडेका अनुसार मासिक २० लाख प्रहरी प्रशासनको नाममा रकम छुट्टयाईने गरेको तर त्यो रकम प्रहरीमा गएको या नगएको आफुलाई केही थाहा नभएको भन्दै उनले भने हामीहरुलाई सुरक्षित रुपमा खेल्न पाए भईहाल्यो नी । यता यस विषयमा बुझ्दा गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले तिहार अघि आफुहरुले केही जुवाडेलाई पक्रिएको त्यसपछी यता केही थाहा नभएको भन्दै जुवाखाल भेटिएमा कार्बाही गर्ने जानकारी दिए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय गोर्खाका एसपी बिमल बस्नेतलाई सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् । भण्डाफोर अभियान साप्ताहिकबाट