मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी छ ।

मधुमेह भईसकेपछि आत्तिनु भन्दा पनि यसलाई ब्यावस्थापन गर्नमा ध्यान दिनुपर्ने फिजिसियन चिकित्सक डा. जयराम अधिकारीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा आज भरतपुरमा लायन्स क्लव ईन्टरनेशनल रिजोन २३ अन्र्तगतका ८ वटा लायन्स क्लवहरुले भरतपुरमा आयोजना गरेको निःशुल्क मधुमेह शिबिर तथा जनचेतनामुलक कार्यक्रममा बताएका हुन् । खानपिन, ब्यावयाम र जीवनशैलीमा सुधार ल्याउन अत्यन्तै जरुरी भएको बताउदै डा. अधिकारीले यसलाई हेलचक्राई नगर्न सबैलाई सुझाव दिएका छन् । मधुमेहकै कारण आँखाको ज्योति गुम्ने, मृगौलामा समस्या आउने, मुटुमा समस्या आई हृदयघात हुने शरीरमा घाउ भएमा कहिल्यै सन्चो नहुने जस्ता समस्या आउने उनले बताए । प्रबिधिको बिकास सँगै मानिसहरुमा थपिएका तनाब पनि मधुमेह बढाउने माध्यम भएकोले यसको ब्यावस्थापन गर्न जरुरी भएको उनले बताए । जनसख्याको करिब १० प्रतिसतमा मधुमेह देखिएको बताउदै डा. अधिकारीले भने “समयमै होस पु¥याउन सकिएन भने भोलि पछुताउनु अर्को बिकल्प छैन ” । उनले थपे धेरै भोक लाग्दा पनि मोटाउन नसक्नु, तिर्खा लागीरहनु, थकानको महसुस हुनु, हात खुट्टा झमझमाउनु, धेरै पसिना आउनु, कमजोरीको महसुस हनु मधुमेहको लक्षण हुन सक्छ । यस्ता लक्षण देखिएका चिकित्सक सँगको परामर्श जरुरी छ । अभिभावकलाई मधुमेह छ भने सन्ततीमा हुने सम्भावना धेरै हुन्छ त्यसैले समयमै मधुमेह परिक्षण गनुपर्दछ । मधुमेहका बारेमा समाजमा धेरै भ्रम रहेको बताउने डा. अधिकारीले भने भ्रमबाट बाहिर आउन पनि बिशेषज्ञ चिकित्सकको सल्लाह अनुसारनै अगाडी बढ्नु पर्दछ ।

मधुमेह सरुवा रोग नभएपनि यसको अवस्था भयावह भएकाले लायन्स क्लबले यसलाई न्यूनिकरणका लागि अभियानकै रुपमा मनाएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पुर्व डिष्ट्रिक गर्भनर धनश्यान भट्टराईले बताए । सो कार्यक्रममा २६७ जनाको निःशुल्क मधुमेह परिक्षण गरिएको थियो । मधुमेह भएका ९२ जनालाई फिजिसियन डा. जयराम अधिकारी परामर्श दिनुभएको थियो । भरतपुरमा रहेको ऋच्ी ीबद ले निःशुल्क रगत परिक्षण गरेको थियो भने कोयस्ट फर्मासिटिकल्सले निःशुल्क औषधी बितरण गरेको थियो । सो कार्यक्रममा एरियाका चिफ डिष्ट्रिक एडभाईजर रामप्रसाद भट्ट, सिनियर डिष्ट्रिक एडभाईजर नबराज सापकोटा जोन चियर पर्सन सुरज पाठक, ईश्वर कंडेल लगायतका लायन्स कर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम रिजोन चियर पर्सन लायन भक्ती प्रसाद चालिसेको सभापतित्वमा सम्पन्न भएको थियो ।