चितवनमा देउसी खेल्न गएकी बालिका बलात्कृत ।

चितवन , २७ कार्तिक । चितवनमा तिहारको समयमा देउसीभैलो खेल्न गएकी एक बालिका बलात्कृत भएकी छिन् । गएको कार्तिक २४ गते भैलो खेल्न भन्दै गएकी एक १२ वर्षकी बालिकालार्ई भरतपुर महानगरपालिका वर्डा २२ बस्ने बर्ष २७ राजन विकले बलात्कार गरेका हुन् । यस्तै, गएको कार्तिक २२ गते पनि भरतपुर महानगरपालिका वर्डा नम्बर २७ बस्ने बस्ने २२ बर्षिया हरिभक्त महत्तोले अर्की १२ बर्षिया बालिकालाई नजिकैको खेतमा लगेर करणी गरेका छन् । गएको कार्तिक २४ गते बलात्कार र करणी गरेको भन्दै निजहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा छुट्टाछुट्टै उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरु बिरुद्ध जबरजस्ती करणीमा मुद्धा चलाईने तयारी भएको चितवन प्रहरीले जानकारी दिएको छ ।