गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

काठमाडौं– कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ ।

बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुुसँगको सम्झौता तोकेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए ।