कांग्रेसभित्र फेरि किचलो

काठमाडौं  — विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ ।

गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न उपसभापतिमा गच्छादारलाई मनोनित गरे पनि सभापतिले विधि र प्रक्रिया मिचेको भन्दै आलोचना शुरु भएको छ ।

कांग्रेस विधानमा एक जना मात्र उपसभापति रहने व्यवस्था छ ।

विधानमा भएको व्यवस्थाविपरीत काम गर्दा केन्द्रीय समितिले बाधा अड्काउ फुकाउन उक्त व्यवस्था निलम्बन गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना गरेका छन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।