पुर्वी चितवन महोत्सवको तयारी तीब्र ( हेरौं १५ फोटो फिचर सहित )

चितवन , २५ कार्तिक । पुर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा नै पहिलोपटक पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । एन।एस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुँक्त आयोजनामा यहीँ आउँदो कार्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म पुर्वी क्षेत्र महोत्सव हुन लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए ।

स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त महोत्सव पहिलोपटक रहेको बताइएको छ । महोत्सवमा अवलोकन गर्न चाहने दर्शकहरुका लागि रत्ननगर नगरपालिका ११ जिरौनास्थित धर्मधाम समेत घुम्ने व्यवस्था मिलाईएको छ । उनले भने , पूर्वी चितवनका पर्यटकीय, धार्मिकस्थलहरुको प्रर्वद्धन गर्नका लागि महोत्सव स्थलमा ती क्षेत्रको प्रर्दशनी समेत गरिने भएको छ ।

महोत्सवको झन्डै ८० प्रतिशत भन्दा बढी काम सकिसकेको बताउदै संयोजक श्रेष्ठले करिव ३ सय स्टल रहने सो महोत्सवमा शनिवारसम्म २ सय भन्दा वढी स्टल वुकिङ भईसकेको वताए । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाइएको छ ।

राष्ट्रिय कलाकारहरु शिव परियार, वद्री पंगेनी, मेलिना राई, राजाराज सिवकोटी, प्रिति आले मगर,बबिता ९जेरी० लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक श्रेष्ठले वताए । महोत्सव अवधिमा शान्तिचोकमा फुड फेस्टिवल समेत आयोजना गरिने लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए ।