Breaking News

आज तिहारको दोस्रो दिन कुकुर पुजा गरेर मनाईदै

कार्तिक २०, काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन हो । कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हो ।
यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ।

नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषी
कार्यका लागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका कुकुर यमराजको अर्को प्रीयभक्त हो।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन(अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर(डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ।

यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रीयभक्त हो।
त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

sahid diwas