लागूऔषध सहित भारतका गुप्ता चितवन प्रहरीको नियन्त्रणमा ।

चितवन , १९ कार्तिक । चितवन प्रहरीले ठूलो मात्रामा लागू औषध सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका बर्ष ३७ को राम निवास गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार चार्डपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानहरूमा सुरक्षा ब्याबस्था कडा बनाएको थियो । सो, क्रममा प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले डाइजेपाम ६० एम्पुल, ब्युप्रिनफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल, र नाइट्राजेपाम ३०३ ट्याबलेट सहित गुप्तालाई गत, कार्तिक १६ गते पक्राउ गरेको प्रहरीद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ । प्रहरीले जिल्ला चितवन भरतपुरमा युपी ५६ जेड ७२१५ नम्बरको मोटरसाइकलको लेगार्डमा झुन्डिएको झोलामा जिरा भित्र लुकाइराखेको अवस्थामा गुप्तालाई पक्राउ गरेको बताइएको छ । असइ खतिवडाको टोलीले नियन्त्रणमा लिएको गुप्तालाई आवश्यक कार्वाहीको प्रक्रियालाई अगाडि बढाइएको एसपी राठौर बताउँछन् ।